शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

मकैका फाइदाः क्यान्सरको जोखिम घटाउनेदेखि मुटु स्वस्थ राख्नेसम्म



19:35 सोमबार २३ , पुष २०७५

मकै संसारमै सबैभन्दा धेरै खपत हुने अन्नमध्ये पर्दछ । यो खान मिठो हुनुका साथै पर्याप्त मात्रामा पोषक तत्वले भरिपूर्ण हुन्छ ।

मकै पिठो, चिनी, रक्सीका रुपमा पनि प्रयोग हुने गर्दछ । यसलाई उसिनेर, पोलेर पनि खान सकिन्छ । त्यस्तै, यसको पिठोलाई ढिाडो तथा रोटीको रुपमा प्रयोग गर्न सकिन्छ ।

मकैमा पर्याप्त मात्रामा भिटामिन ए, बी, ईलगायत आइरन, कपर, जिंक, म्याग्निज, सेलेनियम, पोटासियम लगायतका खनिज पदार्थ पाइन्छन् । यसको सेवनले आन्द्राको क्यान्सरदेखि मुटुसम्बन्धि रोगहरु लाग्नबाट जोगाउाछ । त्यस्तै, अनुहारको चाउरीपना हटाउनुका साथै मुटुलाई स्वस्थ राख्छ । त्यसैले जाडो मौसममा मकैको सेवन निकै लाभदायक मानिन्छ ।

Featured News

Advertisement