सोमबार ७, बैशाख २०८३ Mon,20 Apr 2026

सर्वाधिकार सुरक्षित

गाँजा खेती र यौन व्यवसाय खुला गरौं : कांग्रेस प्रमुख सचेतक



20:02 आईतवार २ , चैत्र २०८१

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले मुलुकको अर्थतन्त्र सुधारको लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने बताएका छन् । आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई विदेशी पर्यटकको संख्या बढाउने उपायबारे जानकारी दिएका हुन् । उनले सरकारले कानुन बनाएर यौन व्यवसाय र व्यवसायीहरुलाई सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

‘मैले बारम्बार भन्दै आएको छु, यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरौं’, उनले भने, ‘यसले मुलुकमा पर्यटकको संख्या बढाउँछ, अर्थतन्त्रलाई ठूलो सहयोग हुनेछ ।’ सांसद घिमिरेले कानुन बनाएर वैधानिक रुपमै गाँजा खेती गर्नुपर्ने पनि बताए । ‘अमेरिकाको कोलोराडोमा कानुनसम्मत तवरले गाँजा खेती र उपयोग हुन्छ, हामीले पनि गर्दा के हुन्छ ? किसानले रोजगारी पाउँछन्, त्यसले पनि अर्थतन्त्रलाई नै सहयोग गर्छ’, उनले थपे ।

Featured News

Advertisement