४ अर्बमा खुम्चियो सेयर कारोबार, नेप्से ७.६६ अंकले घट्यो
15:44
मंगलवार
४ ,
चैत्र
२०८१
NepalBit
329
इटहरी । सेयरबजार आज पनि घटेको छ। सूचक र कारोबार रकम दुवै घटेका हुन्। मंगलबार कुल ४ अर्ब ३४ करोड ६६ लाखको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। ८२ लाख ३७ हजार कित्ता बिक्रीपछि उक्त कारोबार भएको हो। यो साताको सुरुदेखि नै लगातार गिरावट आइरहेको छ। आजको कारोबारमा ८६ वटा सेयराको मूल्य बढेको छ भने १५२ वटाको घटेको र ५ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
आज मिथिला लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९६ प्रतिशत आम्दानी गर्दा हिमालयन पावर पार्टनर र अपरसोलु हाइड्रोका लगानीकर्ताले पनि कमाएका छन्। गिरावट व्यहोर्नेमा भने सामुदायिक लघुवित्त, राप्ति हाइड्रोलगायत छन्। आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३२ करोडको कारोबार भएको छ।






