ओप्पो ‘एफनाइन जेड ग्रिन एडिशन’ सार्वजनिक हुँदै
03:14
मंगलवार
२४ ,
पुष
२०७५
NepalBit
1558
ओप्पो एफनाइनको जेड ग्रिन लिमिटेड एडिसन सार्वजनिक गर्ने तयारी गरेको छ।
ओप्पो एफनाइन जेड ग्रिन जनवरी भित्र नेपाली बजारमा उपलब्ध गराउने कम्पनीले जनाएको छ।उक्त नयाँ फोन जेड ग्रिन रंगमा सार्वजनिक गर्ने ओप्पोको योजना छ।
फोनको अगाडि डिस्प्लेको माथिल्लो भागमा आप्पोको सिग्नेचर वाटरड्रप (पानीको थोपा) झैँ देखिने नोचको ब्यवस्था गरिएको छ। कम्पनीको दाबी अनुसार फोनमा रहेको नोचमा सेल्फीका लागि २५ मेगापिक्सेलको क्यामेरा र पोट्र्रेर तथा बोके शट्सका लागि १६ एमपीका साथमा २ एमपी डेप्थ सेन्सर सहितका क्यामेराको छन्।
फोनको बजार मूल्य एफनाइनकै हाराहारीमा हुने कम्पनीको भनाइ छ।








