खाेटाङमा बार्दलीबाट लडेर शिशुको मृत्यु
15:08
शनिबार
८ ,
चैत्र
२०८१
NepalBit
276
खोटाङ । खोटाङमा भएका बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु भएको छ। चट्याङ लागेर केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरिकी २१ महिने शिशु अनुसोया पोखरेलको बार्दलीबाट लडेर मृत्यु भएको छ। आज बिहान ४ः ०० बजे दिलकुमारीको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। यसैगरी, घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी २१ महिने शिशुको उपचारका लागि काठमाडौँ लाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए।






