बिहीबार १०, बैशाख २०८३ Thu,23 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच टेलिफोन वार्ता



13:39 आईतवार १६ , चैत्र २०८१

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग टेलिफोन कुराकानी गरेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्डसँग समसामयिक विषयमा कुराकानी गरेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सोमबार नै सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले भोलि १८ गतेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरिरहेको छ ।विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर विपक्षी दलले अवरोध जारी राखेका छन् ।

Featured News

Advertisement