बिहीबार १०, बैशाख २०८३ Thu,23 Apr 2026

सर्वाधिकार सुरक्षित

रवीन्द्र मिश्र र धवलशमशेरसहित नौं जनालाई म्याद थपका लागि अदालत लगिँदै



14:01 आईतवार १६ , चैत्र २०८१

इटहरी । काठमाडौंको तीनकुनेमा राजावादीहरुको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित नौं जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’ मा म्याद थप हुने भएको छ ।

‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडासहित नौं जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’ मा म्याद थप हुने भएको हो । सबैलाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनीहरुविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’ सँगै ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर, आगजनी जस्ता मुद्दा चलाउने प्रहरीको तयारी छ । शुक्रबारको घटनामा प्रहरीले हालसम्म ११३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका अन्यको हकमा आवश्यक स्क्रिनिङपछि आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर, आगजनीलगायतका मुद्दा चलाउने प्रहरीको भनाइ छ। शुक्रबार राजावादीको प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने तोडफोड र आगजनी घटना समेत भएका थिए । उक्त घटनालाई अराजक बनाउन भूमिका खेलेको आरोप लागेका दुर्गा प्रसाई हालसम्म फरार छन् ।

Featured News

Advertisement