अग्रगामी लोकतन्त्र
- पुष्कर थापा
ब्रमाण्डका सम्पूर्ण पिण्डहरु एक अर्काको सहअस्तित्वमा अडिएका छन् भनि वैज्ञानिक रुपमै प्रमाणित भैसकेको छ । यस्तै प्राकृतिक पिण्डहरु मध्येको एक विशिष्ट पिण्ड (पदार्थ र चेतना) मानिस हो । पदार्थ गतिशील र परिवर्तनशील छ भने त्यस्तै मानिसका हरेक कृयाकलापहरुमाअदृश्य (चेतना) शक्तिअन्तरनिहित रुपमाकार्य गरिरहेको हुन्छ भन्ने अध्यात्मवादीहरुको तर्क छ । चेतनात्यो शक्ति चै के हो त ?त्यो कहाँ छ ?भनी खुट्याउन नै नसकिने गहिरो रहस्यभित्र नै लुकेको छ । आज सम्ममानिसले पतालगाउँननसकेको कुनै वस्तु छ भने त्यो चेतना (अदृश्यशक्ति) हो । वास्तवमा नै मानिसले आफ्नो रक्षाकालागिआज सम्मजतिआविष्कार, विचारको उदयगर्यो त्यो जुनकि ब्रमाण्डमा नै रहेका र चेतनाकै कारण यो सम्भवभएको हो । जतिपनि सकारात्मकप्राकृतिक (विचार) लाई मानव कल्याणको लागिप्रयोग गर्न सकेदेखि उसले खोजेको मुक्ति सम्भवथियो । यो मुक्तिको अवस्था नै प्रत्येक मानिसको जन्मजातप्राकृतिकअधिकार पनिहो । प्रकृतिको बारेमा कल्याण सोच्नु र कार्य गर्नु ‘अग्रपन्थ’ (head-wing) हो । वाअग्रगामीलोकतन्त्रहो ।
यस ब्रमाण्डमा यस्ता सोचकाअग्रपन्थीहरु कृष्ण, बुद्ध, जिसस, मोहोमद, डा.सन्म्योङ्ग मून, गान्धी, कालमाक्र्स जस्ता महानतम् महापुरुषहरुको जन्मभएको थियो । जसले मानव कल्याणका लागिआफ्नो सम्पूर्ण जीवन नै समर्पित र महत्वपूर्ण विचारको सिर्जना गरे । तर आजहामीभने तिनै विचार, सिद्धान्त रक्षागर्ने व्यक्तिवादकाचर्का नारा लगाउँदै कतिलाई ज्यूँदै र कतिलाई मरेपछि पनिअझै मार्ने कार्य गरिरहेका नै छौं । अझत्यो पनि सभ्य समाज निमार्णको नाममा । हामीमानवहुँभन्नेकालागि यो भन्दाहाँस उठ्दो र लाजलाग्ने विषय अरु के हुन सक्ला? के यो रुखलाई टुप्पातिर वसी फेदतिर काट्नु जस्तै मुर्खतापूर्ण भएन र ?हो आजको हाम्रो अवस्था यस्तै भयकंर मुर्खताको अवस्थाहो । यहि दुराग्रह अवस्थाबाट मानवलाई बचाउँनु नै अग्रपन्थी (head-wing) कार्य हो ।
आज संसारकामानिसमा ठूलो दरार पैदा भएको छ र एकले अर्काको अस्तित्वलाई स्वीकार्न असम्भव जस्तै बनाएको छ । मानिसहरु तिनै बिचार र सिद्धान्तका नाममा पूर्ण तथाविभाजितभएको छ । यथार्थमा स्पष्टता र एक अर्कामाखुल्नु नै मानवियप्राकृतिक सिद्धान्त अनुसार हुनु थियो । तर निहीत स्वार्थी मानिसकाकारण यो असम्भ जस्तै भएको छ र यो यसरी एकले अर्कालाई कोपरी राखेको लामो इतिहास नै भैसक्यो । यस इतिहासलाई वदल्नको लागिअग्रपन्थी भै समाज र राष्ट्र निमार्णमालाग्नु अपरिहार्य महानत्म कार्य हो । विश्वमाधर्म र राजनैतिक सिद्धान्तका आधारमामानिस ध्रुविकृत हुँदै जाँदाआज यो व्यक्तिवादको दल—दलमाभाषिनपुगेको छ । यस कठोरतम् र घिनलाग्दो अवस्थाबाट माथि उठाउँन र प्राकृतिकनियमलाई स्विकार गर्न प्रत्येक व्यक्तिव्यक्तिमाउच्च नैतिकता सहितको रुपान्तरण अनि स्वयंको बोधजन्यअनुभव नै मानव कल्याणको प्रमुखआधार हो । यसकारण धर्मकानाममा पण्डीत, पादरी, मुल्लाबनि ठग्ने र कोठामा दर्शनका ठेली पल्टाउँदै शब्दबाजगर्न शिपालु नेतृत्व हैन समाज र राष्ट्र निमार्णमा समर्पित भै साँचो अभिभावक (true prants), साँचो नेता (true leader), साँचो शिक्षक ( true teacher), साँचो मालिक (true owner) भएर योगदान पुर्याउँनु र सबै धर्म, भाषा, जात र बिचार भन्दामाथि उठी राष्ट्र र जनताप्रतिकार्य गर्नु नै अग्रपन्थीलोकतन्त्र (head- wing wing democracy) वा अग्रगामीलोकतन्त्रहो ।
(थापा नेपाल परिवार दलका सुनसरी जिल्ला अध्यक्ष हुन् )








