शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रदेश सभामा विपक्षीको अवरोध, मुख्यमन्त्री शाहले बोलाए सर्वदलीय बैठक



11:05 बिहीबार २० , चैत्र २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सर्वदलीय बैठक डाकेका छन् । प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रदेश सभाको बैठक बस्न नसकिरहेका बेला मुख्यमन्त्री शाहले सर्वदलीय बैठक बोलाएका हुन्।

बैठक बिहान ११ बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा प्रदेश सभाको गतिरोध अन्त्य गर्ने र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ। प्रतिपक्षी दलले सरकारले मनलाग्दो ढंगले राजनीतिक नियुक्ति गरेको, जथाभावी बजेट बाँडेको भन्दै प्रदेश सभामा विरोध गर्दै आएका छन् ।

Featured News

Advertisement