सोमबार १, असार २०८३ Mon,15 Jun 2026

सर्वाधिकार सुरक्षित

अहिलेसम्म एक जनालाई पिटेको त छैन, हत्याको त कुरै छोडिदिनुहोस् : प्रचण्ड



19:58 शनिबार २९ , चैत्र २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई १७ हजार मारेको आरोप कतिपयले लगाउने गरेको भए पनि आफूले व्यक्तिगत रुपमा कसैलाई अहिलेसम्म नपिटेको बताएका छन्।

‘एकथरी मानिसहरु, इतिहासलाई पछाडि धकेल्न चाहानेहरुले १७ हजारको हत्यारा । १७ हजारको हत्यारा भनि राख्दा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो,’ शनिबार संक्रमणकालीन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन समारोहमा उनले भने, ‘राज्यले कति मार्‍यो ? विद्रोहीले कति के गर्‍यो ? भन्ने कुरा त अध्यन गर्न सकिन्छ नि । तर, के यो आरोप सत्य हो त ? १७ हजार माओवादीले । अझ प्रचण्डले हो भन्ने । मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको त कुरै छोडिदिनुहोस्, व्यक्तिको कुरा गर्ने हो भने ।’

प्रचण्डले आफूले युद्धको नेतृत्व गरेकाले शान्तिपूर्ण राजनीतिमा आएपछि त्यसको जिम्मेवारी लिएको बताएका छन् । उनले भने, ‘युद्धको नेतृत्व मैले गरेको हो । शान्तिमा आएपछि सम्पूर्ण कुरामा जिम्मा म लिन्छु भनेकै हो ।’

Featured News

Advertisement