ईरान राईको "चुडेल्नी" सार्वजनिक
13:21
शनिबार
२ ,
कार्तिक
२०८२
NepalBit
353
कार्तिक १, बेलबारी ।
साहित्यकार ईरान राईको कथा सङ्ग्रह "चुडेल्नी" आज शनिवार सार्वजनिक गरिएको छ ।
सगरमाथा इङ्ग्लिस स्कुल बेलबारीको सभाकक्षमा भएको सार्वजनीकरण कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कुन्ता शर्माले सार्वजनिक गर्नुभयो ।
कृतिमामाथि समीक्षकहरू दिनेशराज सुवेदी, विन्दु दाहाल मूकदर्शक र शरण राईले समिक्षा गर्नुभएको थियो ।
कथाकार ईरान राईले कथा लेखनको यात्रा र पृष्ठभूमिका बारेमा वोल्नुभएको थियो । २०५० सालमा प्रकाशन गर्ने योजना भएपनि वल्ल ३२ बर्षपछि प्रकाशन भएको जानकारी दिनुभयो ।
कार्यक्रम बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा भएको थियो ।
चुडेल्नी कथा सङ्ग्रहमा चुडेल्नी, बोक्सी, बोक्सो, डायनी, डङ्केनी लगायत शिर्षकमा दश वटा कथाहरू सङ्ग्रहित रहेका छन् ।






