शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाको बजेट



13:14 बिहीबार १५ , जेष्ठ २०७७

काठमाण्डौँ/नेपालबीट

आर्थिक बर्ष २०७७/७८ का लागि सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाको बजेट प्रस्तुत गर्नुभएको छ । आज संघिय संसदको दुवै सदनको संयुक्त बैंठकमा बजेटको घोषणा गर्नुभएको हो ।
उक्त बजेटमध्ये चालु खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैंया, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैंया तथा वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ८९ करोड रुपैंया बजेट विनियोजन भएको छ । चालु, पुँजीगत र वित्तीय व्यवस्था अन्तर्गतको यो बजेट कुल बजेट खर्चको क्रमशः ६०।५० प्रतिशत, २६।६ प्रतिशत र ११।७ प्रतिशत हो ।
राजश्वबाट ९ खर्ब ४८ अर्ब ६२ करोड, वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपैंया स्रोत जुट्ने अनुमान गरिएको छ । २ खर्ब ९९ अर्ब ५० करोड ३३ लाख रुपैंया वैदेशिक ऋणबाट र २ खर्ब २५ अर्ब रुपैंया आन्तरिक ऋणबाट जुटाइने अनुमान गरिएको छ ।

Featured News

Advertisement