शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

नेपालमा कोरोना संक्रमित १४०१ पुग्यो, २११ निको भए ।



12:33 शनिबार १७ , जेष्ठ २०७७


जेठ १७, काठमाण्डौँ ।
नेपालमा कोरोना संक्रमितको संख्या १४ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ८९ जनामा कोभिड–१९ पोजेटिभ पुष्टी भएपछि यो संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


सङ्क्रमित हुनेमा पुरुष एकहजार २८८ र महिला ११३ छन् ।


प्रदेश १ मा १६०, प्रदेश २ मा ५४७, बाग्मती प्रदेशमा ४५, गण्डकीमा २०, प्रदेश ५ मा ५४७, कर्णालीमा ६१ र सुदूरपश्चिममा २१ जना सङ्क्रमित भएका छन् ।
कोरोनाका कारण जम्मा ६ जनाको मृत्यु भएको छ । २११ ज्ना निको भएर घर फर्केका छन् ।


पीसीआर विधिबाट अहिलेसम्म ६६ हजार ७ सय २९ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ लाख ७ हजार ५५ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीपीआर विधिबाट २ हजार ५ सय ७५ र आरडिटी विधिबाट १ हजार ५ सय ७७ जनाको नमुना परीक्षण भएको छ ।


अहिले देशभरी १ लाख १० हजार बढी क्वारेन्टाइनमा रहेका छन् ।

 

Featured News

Advertisement