कोरोना संक्रमणको ४६ प्रतिशत अमेरिकामा मात्र, विश्वमा ३ लाख ६७ हजार २५५ को मृत्यु । (तथ्याङ्क विश्लेषण सहित)
जेठ १९, इटहरी ।
कोरोना भाइरसबाट हालसम्म विश्वमा ५९ लाख ३९ हजार २ सय ३४ जनामा पोजिटिभ देखिएको छ । मे ३१, २०२० सम्मको तथ्याङ्कलाई हेर्दा मृत्यु हुनेको विश्वमा ३ लाख ६७ हजार २ सय ५५ पुगेको छ ।
संसारमा संक्रमित संख्याको ४६.१९७ प्रतिशत अमेरिकामा मात्र रहेको छ ।
विश्व स्वास्थ्य संगठन कोरोना भाइरसको बारेमा जनवरी २१ मा पहिलो रिर्पोट सार्वजनिक गरेको थियो । डब्लुएचओ को पहिलो रिर्पोट अनुसार २ सय ८२ जनामा मात्र संक्रमण देखिएको थियो । त्योवेला सम्म चीन, दक्षिण कोरिया, जापान र थाइल्याण्डमा मात्र कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये चीनमा मात्र ६० जनाको मृत्यु भएको थियो ।
आज संसार नै कोरोनाबाट संक्रमित भएको छ ।
सबैभन्दा धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिकामा १ लाख १५ हजार ६७ जना, वेलायतमा ३८ हजार ३७६ जना, इटालीमा ३३ हजार ३४० जना, स्पेनमा २९ हजार ४३ जना र फ्रान्समा २८ हजार ७ सय १७ जना रहेका छन् ।
संक्रमण चीनबाट शुरुभएको भएपनि अहिले नियन्त्रणमा आइसकेको छ । मे ३१ सम्ममा चीनमा ८४ हजार ५७० जनामा संक्रमित भएका छन् । ४ हजार ६४५ जनाको मृत्यु भएको छ ।
दक्षिणपूर्वी एसियमा सबैभन्दा धेरै भारतमा संक्रमित भएका छन् । ३१ मे सम्ममा भारतमा १ लाख ८२ हजार १४३ जनामा कोरोना पोजेटिभ देखिएको छ । सबैभन्दा कम टिमोर–लेस्तेमा २४ जनामा मात्र पोजेटिभ देखिएको छ । भूटानमा ३३ जना संक्रमित रहेका छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार पपुवा न्यु गुनियामा ८ जनामा मात्र संक्रमण देखिएको छ ।
विश्वमा कोरोना संक्रमित हुनेको संख्या जनवरी ३१ मा ९ हजार ८४७ थियो । फ्रेरवरी २९ मा यो संख्या ८५ हजार ९५१ पुग्यो । मार्च ३१ म ७ लाख ५४ हजार ९३३ पुगेको थियो । अप्रिल ३० मा ३० लाख ९६ हजार ७२६ पुग्यो भने मे ३१ मा यो संख्या वढेर ५९ लाख ३९ हजार २३४ हुनपुग्यो ।
अमेरिकाको तथ्याङ्काक :
जनवरी २० मा १ जनामा संक्रमण देखिएको थियो । मार्च २ सम्म कोरोनाको कारण अमेरिकमा कसैको मृत्यु भएको थिएन् । योवेलासम्म ६४ जनामा मात्र संक्रमण देखिएको थियो ।
तर मार्च ३१ मा पुग्दा संक्रमितको संख्या १ लाख ४० हजार ६४० पुग्यो । मृत्यु हुनेको संख्या २ हजार ३९८ पुगेको थियो । मे १ मा १० लाख ३५ हजार ३५३ जनामा संक्रमण देखिएको थियो । मे एक महिनामा मात्र अमेरिकामा १७ लाख ८ हजार ४४० जना नयाँ संक्रमित थपिए ।
अमेरिकामा मृत्यु हुनेको संख्या मार्चमा २ हजार ३ सय ९८ जना, अप्रिलमा ४९ हजार ५७८ जनाको मृत्यु भयो । मे मा मात्र ४६ हजार २३० जनाको मृत्यु भयो ।
नेपालको अवस्था :
जनसंख्या तथा स्वास्थ्य मन्त्रालका अनुसार मे ३१ सम्ममा नेपालमा ८ जनाको मृत्यु भएको छ । २२० जना निको भएका छन् । १ हजार ५७२ मा कोरोना पोजेटिभ भेटिएको छ ।
२१ देखि ३० बर्ष उमेर समुहमा वढि संक्रमण देखिएको छ । यो समुहमा ५९९ जनामा पोजेटिभ देखिएको छ ।
नेपालले जनवरी २० (माघ १३, २०७६) मा पहिलो पटक कोरोना सम्बन्धी आधिकारिक रिर्पोट जारी गरेको थियो । सो वेला ४ जनाको परिक्षण गरिएकोमा १ जनमा कोरोना पोजेटिभ देखिएको थियो ।


.png)





