शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

जेठ २५ गतेभित्र कर तिरिसक्नुपर्ने सरकारको निर्णय गैरजिम्मेवारीको पराकाष्ठ : नेपाली कांग्रेस



06:15 बुधबार २१ , जेष्ठ २०७७


जेठ २१, काठमाण्डौँ ।
जेठ २५ गतेभित्र कर तिरिसक्नुपर्ने सरकारले गरेको निर्णयलाई तत्काल सच्याउँन नेपाली कांग्रेसले माग गरेको छ । सरकारको यो निर्णयलाई कांग्रेसले गैरजिम्मेवारीको पराकाष्ठ भनेको छ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेत बालकृष्ण खाणले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ – “ यस्तो बिषम र असहज परिस्थितिमा पनि सरकारले लकडाउनको समयभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु स्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारीको पराकाष्ठ हो ।”
विज्ञप्तिमा लेखिएको छ, ‘कोरोना रोगको कारण बन्द भएका सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकहरुका लागि सरकारले विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसको विपरित करका लागि ताकेता गर्नु भनेको वर्तमान सरकार आम नेपाली नागरिकप्रति उदासीन रहेको प्रष्ट भएको छ ।’

 

Featured News

Advertisement