शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

इटहरीमा ब्यापार ब्यवसाय विहान १० वजेसम्म खुल्ला गर्ने निर्णय



06:48 बुधबार २१ , जेष्ठ २०७७

जेठ २१, इटहरी ।

इटहरी उपमहानगरमा लकडाउनलाई प्रभावकारी ढंगले पालना गर्दै जनजीवनलाई पनि सामान्य वनादै लाने निर्णय गरिएको छ । विहान नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले शैक्षिक सँस्थाहरु र तोकिएका ब्यापार ब्यवसाय वाहेक अन्य ब्यापार ब्यवसाय विहान १० वजेसम्म खुल्ला गर्ने निर्णय गरिएको छ ।

लकडाउन वन्दावन्दीको समय लामो अवधि हुदै जाँदा ब्यापार ब्यवसाय ठप्प भएको हुदाँ दैनिक जनजीवन कष्टकर हुदै गएको अवस्थालाई मध्यनजर गर्दै जनप्रतिनिधि,उद्योग वाणिज्य संघ र प्रहरी प्रशासन सहभागि वैठकले यस्तो निर्णय गरेको हो । वैठकले लकडाउनका वेला खोल्न नपाइने तोकेर अन्य ब्यापार ब्यवसाय प्रतिष्ठान विहान १० वजे सम्म खोल्ने निर्णय गरेको हो ।

क्यामपस,विद्यालय लगायतका सवै प्रकारका शैक्षिक संस्था,तालिम तथा प्रशिक्षण केन्द्रहरु,खादयवस्तु विक्रि गर्ने ब्यवसायिक मल,सिनेमा हल,पार्टी प्यालेस,फन पार्क लगायतका सार्वजनिक स्थलहरु वन्दनै रहने निर्णय गरेको छ ।यस्तै रंगशाला,खेलकुद स्थल,फुटसल,शारीरिक सुगठन गर्ने स्थल जिमखाना,फिटनेट सेन्टरडान्ससेन्टर,शैलुन र ब्युटीपार्लरहरु, ,होटल बार रेष्टुरेण्टहरु वन्द रहने छन ।सार्वजनिक जमघट,धार्मिक स्थलहरु,मन्दिर,गुम्वा,मश्चिद चर्च गुरुद्धार लगायतमा हुने भेला एवं धामिर्क तथा सास्कृतिक कार्यक्रमहरु गर्न पाइने छैन । स्थानीय प्रशासन वाट पास पाएका वाहेकका सवै प्रकारका यात्रुवाहक सवारी साधनहरु समेत संचालन गर्न पाइने छैन ।

यि वाहेकका अन्य ब्यापार ब्यवसाय विहान १० वजेसम्म संचालन गर्न पाइने छ । जोखिम अझै कायमै रहेका कारण सामाजिक दुरीलाई कडाइका साथ पालना गरेर तोकिएको समयसम्म मात्र ब्यापार ब्यवसाय संचालन गर्न इटहरी उपमहानगरले अनुरोध गरेको छ ।

Featured News

Advertisement