सुनसरीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी
07:11
बुधबार
२१ ,
जेष्ठ
२०७७
NepalBit
1093
जेठ २१, सुनसरी
सुनसरीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सातै जना दुइ हप्ताअघि भारतबाट आएका थिए ।
भोक्राहा नरसिंह गाउँपालिकाले दिएको जानकारी अनुसार उनिहरु सातैजनालाई भोक्राहा ८ को जामिया जियाउल उलुम मदरसाको कोरेन्टाइनमा राखिएको थियो ।
पहिलो चरणमा ४० जनाको पिसिआर परीक्षण गर्दा ७ जनामा पोजेटिभ देखिएको र अन्य बाकीँ १३ जनाको पिसिआर टेष्ट गर्ने तयारी भईरहेको छ । कोरोना संक्रमण पुष्टि हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का एक पुरुष, वार्ड नम्बर ४ का चार पुरुष, वार्ड नम्बर ५ र वार्ड ८ का एक(एक पुरुष गरी सात जनामा कोरोना देखिएको हो । कोरोना संक्रमण पाइएपछि उनीहरूलाई थप उपचारका लागि धरान पठाइएको छ ।






