प्रदेश नम्बर २ मा राज्यमन्त्रिका स्वकीय सचिव र सदनका मयर्दापालकमा कोरोना संक्रमण
12:34
बिहीबार
२२ ,
जेष्ठ
२०७७
NepalBit
973
जेठ २२, जनकपुर ।
प्रेदश नम्बर २ का मन्त्रीका स्वकिय सचिव र सदनका मयर्दापालक सहित ६ जनामा कोरोना संक्रमण भएको छ ।
प्रदेश नम्बर २ की आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवका स्वकीय सचिवमा कोरोना संक्रमण भेटिएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले संक्रमणको पुष्टी भएको जानकारी दिनुभएको छ ।
मयर्दापालकहरुमा संकमण देखिएपछि आजको लागि वोलाइएको प्रदेश सभाको बैंठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे बैठक आवहान गरिएको छ ।






