आजमात्रै नेपालमा ३ सय ३४ जनामा कोरोना संक्रमण, विराटनगरबाट २७ जना स्वस्थ्य भए ।
जेठ २२, इटहरी ।
आजमात्रै नेपालमा ३ सय ३४ जनामा कोरोना संक्रमण भेटिएको छ । संक्रमितको जम्मा संख्या २ हजार ६३४ पुगेको छ । संक्रमित संख्या पुरुष २ हजार ४५० र महिला १८४ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी दिनुभएको हो । वहाँका अनुसार देशभर २१ वटा स्थानमा रहेका प्रयोगशालामा गरिएका पीसीआर परीक्षणमा पर्सा १, झापा ५, ताप्लेजुग १, मोरङ २, सप्तरी १३, बारा १२, सिन्धुली १, रौतहट ३५, म्याग्दी १, बाग्लुङ १०, पर्वत ४, स्याङ्जा १, डोटी ३, बाँके ४२, कपिलबस्तु २५, दाङ १५, मुगु १, सुर्खेत २७, दैलेख ११४, खोटाङ ५, धुनषा ६, महोत्तरी ३ र सर्लाही ३ जनामा सङ्क्रमण भएको छ ।
कोशी अस्पतालबाट २७ जना निको भए ।
कोशी अस्पताल विराटनगर कोभिठ १९ उपचार केन्द्रबाट आज २७ जना निको भएर घर फर्किएका छन् । डिस्चार्ज भएका मध्ये तीन उदयपुरका भएको अस्पतालले जनाएको छ ।
अस्पतालका व्यवस्थापन प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार स्वस्थ्य भइ घरफर्कनेमा अरु झापाका ७, मोरङका १, सुनसरीका ४, धनकुटाका २, खोटाङका १ र सप्तरीका २ जना रहेका छन् ।
फोटो साभार : गोरखापत्र अनलाइन






