प्रदेश नम्बर एकको नीति तथा कार्यक्रम प्रस्तुत, कृषिलाई पहिलो प्राथमिकता । (पूर्ण पाठ सहित)
जेठ २३, विराटनगर ।
प्रदेश नम्बर एकले आज आ.ब २०७७/७८ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । प्रदेश नम्बर एक का प्रदेश प्रमुख सोमनाथ प्यासीले नीति तथा कार्यक्रमको घोषणा गर्नुभएको हो ।
स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखिएको छ । विदेशबाट आएका युवाहरुका लागि रोजगार सृजन ागर्न उधोग तथा भैतिक पूर्वाधारलाई विशेष स्थान दिइएको छ ।
किसानहरुलाई सहायताको लागि ४५ करोड राहत प्याकेज प्रस्ताव गरिएको छ । प्रदेश प्रमुख नवप्रवर्तन कृति कार्यक्रम सञ्चालन गर्ने पनि प्रस्ताव गरिएको छ ।
कृषि क्षेत्रको व्यवसायिकिकरण, औद्योगिकिरण र यान्त्रिकरणको स्रोत केन्द्रको रुपमा उदयपुरको बेलका नगरपालिकाको श्रीलंका टापु र मोरंगको रतुवामाइ नगरपालिकामा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्टको स्थापना गरिनेछ।
यो आर्थिक वर्षमा प्रदेश सरकारले कोभिड १९ का कारण पुँजीगत खर्च ४० प्रतिशतमा सिमित भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ५९ प्रतिशत पुँजीगत बजेट खर्च भएको थियो ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ :






