शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

एमसीसीको विरोधमा राष्ट्रवादी शक्तिको इटहरीमा राँके जुलुस ।



02:32 आईतवार २५ , जेष्ठ २०७७

जेठ २५ गते, इटहरी ।


एमसीसीको विरोधमा राष्ट्रवादी शक्ति र शिवसेना नेपाल एक नम्बर प्रदेश कमिटिले हिजो इटहरीमा राँके जुलुस प्रर्दशन गरेको छ ।
हिजो साँझ ७ वजे खेतीखोलाबाट निकालिएको जुलुस चौकमा पुगेर समापन गरिएको थियो । एमसीसीको खारेजी र नयाँ नेपालको नयाँ नक्सा कायम गरिनुपर्ने र भारतले मिचेको सम्पूर्ण जमिन फिर्ता गर्नुपर्ने उनिहरुको माग थियो । शिवसेना नेपाल प्रदेश एकका संयोजक हिरा आर्चाले सम्बोधन गर्दै भन्नुभयो – “नक्सामा मात्र नभई जमिन तत्काल फिर्ता ल्याउँनुपर्छ । लिपुलेक, लिम्पियाधुरा मात्र होइन दक्षिणतर्फ मिचिएको सिमाना पनि तत्काल फिर्ता लिनुपर्छ । ”
राष्ट्रवादीका प्रदेश नम्बर एकका अध्यक्ष सुवास घिमिरेले पनि एमसीसी देशका लागि घातक भएको भन्दै यसलाई तत्काल खारेज गुर्नपर्ने बताउँनुभयो ।
दिनेश काफ्ले, सतिष पोखरेल, बिक्रम सरकार र सुरज कँडेलले पनि राँके जुलुस पछिको कोणसभालाई सम्बोधन गर्नुभएको थियो ।
जुलुसमाथि प्रहरीले सामान्य हस्तक्षेप गरेको थियो । प्रहरीको हस्तक्षेपमाथि पनि राष्ट्रवादीका नेताहरुले विरोध गरेका छन् ।


जुलुसको भिडियो :

Featured News

Advertisement