नेपालमा पछिल्लो २४ घण्टमा २१३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो ।
11:29
आईतवार
२५ ,
जेष्ठ
२०७७
NepalBit
932
जेठ २५ गते, काठमाण्डौँ ।
पछिल्लो २४ घण्टमा २१३ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमा २०९ पुरुष र ४ महिला रहेका छन् ।
पछिल्लो २४ घण्टमा थप १०२ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ४६७ जनाले स्वास्थ्य लाभ प्राप्त गरेका छन् ।
१ लाख ७० हजार ७३२ जना क्वारेन्टाइमा रहेका छन् । मन्त्रालयका अनुसार २ हजार ९६८ जना आइसोलेसनमा रहेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३ लाख ९५ हजार ७७९ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
आजसम्ममा विश्वमा ६ लाख ७५ हजार ५२९ जना संक्रमित रहेका छन् ।






