जातीय प्रथा र विभेद मानव सभ्यताको कंलक
- तिला लेकाली
जात दुई अक्षरी शब्द। जसको आर्थ कुनै जाती भन्ने बुझिन्छ।जातीय शब्दको अर्थ चैँ आफ्नै जात सम्बन्धी वा जातप्रतिको आत्मियता भन्ने बुझिन्छ ।त्यस्तै प्रथाको अर्थ पिता पू्र्खाका पालादेखि वर्तमानसम्म चल्दै आएको,जीवनलाई प्रभावित पार्दै आएको रीतिरिवाज वा चालचलन वा बूढिरूढि भन्ने बुझ्नुपर्छ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र भौगोलिक विविधता भएको राज्य हो। यहाँ १२५ जातजातीका मानिसहरु बसोबास गर्छन् भने १२३ भाषा बोलिन्छ। हरेक जातीका आ-आफ्नै भाषा, भेषभुसा,सस्कार सस्कृति,चाल चलन,रितिछन् ।आआफ्नै रहनसहन रीतिरिवाजहरु अपनाएकाछन् । नेपाल हरेक हिसाबले निक्कै धनी रास्ट्र हो।
जातीय हिसाबमा त झन् असाध्यै धानी छ।यसको प्रकृतिक बाताबरणको हिसामा हिमाल,पहाड र तराई गरी तीन भौगोलिक क्षेत्र छन् । हिमालमा भोटे, तामाङ जातीको बसोबास छ।पहाडमा क्षेत्री, बाहुन ,राई, लिम्बू लगायतको बसोबास छ भने तराईमा थारु, चौधरी,मुसहर,झाँगड,सतार,दनुवार आदिको बसोबास छ।तर हिजोआज यातायातको सुबिधा र अन्य आधुनिक प्रबिधिको बढ्दो सुबिधाले गर्दा विशेष गरी तराई र शहरी क्षेत्रमा मिश्रित रुपमा बाक्लो बसोबास छ। हरेक जाती र क्षेत्र विशेष विभिन्न प्रथा र चलनहरु मान्ने परम्परा छ।
प्रथा भन्या चलन हो। प्रथा सकारात्मक र नकारात्मक दुबै प्रकारका हुन्छन्। राम्रा प्रथा संरक्षण र समाजमा नराम्रो प्रभाव पार्ने प्रथा हटाउनु पर्छ। हाम्रो देशमा परापूर्व काल देखि चलेका देउकी,झुमा,कुमारी ,छाउपडि,दाइजो लगायतका प्रथा अझै जिबितै छन् । तराई क्षेत्रमा दाइजो प्रथाले अझै निक्कै गहिरो जरा गाडेको छ ।बोक्सी प्रथा हाम्रो देशको अर्को ज्यादै खराव र दुखद प्रथा हो।अहिलेको बैज्ञानिक युगमा पनि यसको प्रभुत्त्वअझै उस्तै छ। पखाला लागेर पेट दुख्दा समेत धामीझाँक्रीबाट उपचार गर्ने चलन अझै छ ,शहर बजारमा पनि भने गाउँको कुरै नगरुँ।
नेपाली समाजको अर्को डर लाग्दो प्रथा थियो सती प्रथा, चन्द्र शमशेरले उन्मुलन गर्नु भयो । कुनै पनि कुरा संविधान र कानुनमा उल्लेख भएर मात्र हटाउन सकिन्न। मुल त प्रत्येक ब्याक्तीको दिमागबाट नै हट्नु पर्छ। मानिस आफैँले स्व परिवर्तन हुनु पर्छ। जसको लागि शिक्षा,सीप,तालिमका अवसर भने उपलब्ध गराउनु पर्छ। यस्ता उपायहरु गर्दा गर्दै पनि गलत कुप्रथाको निरन्तरता हुन्छ भने दण्डको ब्यबस्था हुनुपर्छ । समाजलाई च्यात्ने यस्ता कुप्रथाहरु दण्डनीय हुनुपर्छ । गलत काम गर्ने जोसुकै होस् कानुनको दायरामा ल्याउनु पर्छ। यस्ता प्रथाहरु जसले समाजलाई नकारात्मक प्रभाव पार्छ भने हताउन सकिन्छ भन्ने प्रमाण हो सती प्रथा।
प्रसङ्ग हो जातीय प्रथाको। हाम्रो समाजमा जतिसुकै बिबिधता भए पनि एकता छ।सबै जात जाती भाषा भाषिका मानिसहरु बीच अर्म पर्म ऐचो सर सापट सहितको कति राम्रो सम्बन्ध छ। एउटा धर्मका मान्छे अर्को धर्म मान्ने प्रति नकारात्मक देखिन्नन्।बिबाह मेला पर्व सबैमा एक अर्को रमाउछन्। तर केही गलत प्रवृत्तिका मानिसहरुको निजी स्वार्थले गर्दा बेला बेला साम्प्रदायिक दङ्गाका मसिना उदाहरण भने देखिएका छन् । यस्ता दङ्गाहरु समाजका घातक काडा हुन् । बेला बेला घोचिरहन्छन्। यस्ता काडाका बिरुवाहरुको जरै उखेलेर फाल्नु पर्छ। यो फाल्ने काम सरकारको त हुँदै हो। अरु संघ सस्था र सम्पूर्ण सचेत नागरिकको पनि दायित्व हो।
बास्तबमा मैले बुझेसम्म ,चौधौं शताब्दीमा राजा जयस्थिती मल्लले काम गर्न सहज बनाउने उद्देश्यले जातिय बिभाजन गरेको प्रमाण इतिहासमा पाइन्छ। त्यो समय भन्दा अगाडी जाति पातिको चलन थिएन। सबै मानिस जातिका थिए। जयस्थिती मल्लले पनि कुनै उँच नीचको आधारमा होइन कामको बाँडफाँडका लागि छुट्याएका थिए।श्रम बिभाजन गर्दा कुनै पनि काम छिटो छरितो र राम्रोसँग सप्पन्न हुने हुनाले गरेको बिभाजन थियो । बास्तबिकतामा आधारित थियो।जसले गर्दा मल्लकालिन समयमा रास्ट्रका सबै क्षेत्रहरूमा सन्तुलित बिकास भई मल्ल काललिन समयलाई स्वर्ण काल भनिन्छ । त्यसताका अति अनिकुल जातीय बिभाजन बिस्तारै प्रथाको रुपमा विकसित भयो।हुन सक्छ, आरनमा बस्दा फोहोर कपडा ,शरीर ,नुहाउन नपाएर आदि कारणले अन्य पेसा गर्नेहरुले छोएको खान घिनाए र बिस्तारै बिस्तारै अर्को पुस्ता हस्तान्तरण हुँदै प्रथाको रुपमा आजसम्म रहेको हो। तर आज त त्यस्तो अबस्था छैन। सबैमा शिक्षाको कारणले सर्वाधिक क्षेत्रमा परिवर्तन भएकोछ। समयको परिवर्तन सगै पहिले भन्दा सोचाइमा धेरै परिवर्तन भएको छ। अन्तर्जातीय बिबाह गर्न थालेका छन् । कसको दोकान हो सोधपुछ नगरी होटेलमा खान्छन् ।घरमा पनि खासै त्यस्तो कडा छैन लाग्छ मलाई ।धेरै लामो समय देखिको मनको मैला हो ,तुरुन्त हटाउन गाह्रो हुन्छ। हटाउने भगिरथ प्रयास गर्नु पर्छ नै। शरीरमा लाएको कपडा नै त एकै दिन लगाएर धोए सरक्क मैलो हट्छ। जति बढी दिन लगायो, धुँदा त्यति बढी साबुन पानी र मेहनत आबस्यक हुन्छ नि। कि होइन भन्नुस् त ? सबै भन्दा पहिले आफ्नो मन सफा चाहिन्छ।
सकारात्मक सोच बनाएर सबै मानिसमा "बसुधैब कुटुम् " को दृस्टिकोण राख्न अवस्यक छ। सबैलाई मानवताको आँखाले हेर्न सके केवल महिला र पुरुष दुइटा मात्र जात छ जो एक अर्काको लागि अभिन्न अनिवार्य र पुरक छन। एउटालाई अर्को नभै नहुने।
तलको लिंकमा क्लिक गर्नुहोस :








