सिरहामा बन्दुक सहित २ जना पक्राउ
02:42
सोमबार
२६ ,
जेष्ठ
२०७७
NepalBit
1023
महेश सिंह
जेठ २६, सिरहा ।
सिरहामा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलिले दुवैजनालाई पक्राउ गरेको हो ।
गोलबजार नगरपालिका ३ जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिक बाट दुवैजना पक्राउ परेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनु भयो । पक्राउ पर्नेमा गोलबाजार नगरपालिका ३ बस्ने ६९ वर्षीय कुलबहादुर पुर्वछाने र ६२ वर्षीय तीलक बहादुर थापा गरेका छ्न । उनीहरुको साथबाट लोड भएको भरुवा बन्दुक २ थान र छर्रा बारुद वरामद गरिएको छ । थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रवक्ता घिमिरेले जानकारी दिनु भयो ।






