शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

बिपन्न परिवारलाई राहत वाढ्दै महेश र संगिताको जोडी



03:11 सोमबार २६ , जेष्ठ २०७७

महेश सिंह
जेठ २६, सिरहा ।


सिरहाको लहान नगरपालिका १ मा बिपन्न परिवारको चुलो बाल्न शनिवार तेस्रो पल्ट महेश चौधरी र संगिता कर्माचार्यको जोडी पुगेको छ । यो जोडीको सहयोगबाट बिपन्न समुदायका व्यक्तिहरु खुशी भएका छन् ।
लहान १ मा साना व्यवसाय गर्दै आएका र वाहिरबाट आई पढ्न वसेका विधार्थीहरुलाई राहत वितरण गरिएको छ । एपोलो ऊँ स्कुल र प्रसंसा पुस्तक पसलसँगको सहकार्यमा राहत वितरण गरिएको हो । वहाँहरुले ६० परिवारलाई तेस्रो पटक राहत वितरण गर्नुभएको हो । प्रति परिवार १० केजी चामल, १ किलो दाल, तेल, नुन र आलु प्रदान गरिएको छ ।
लहान बजारमा रोजगारी गुमाएका रिक्सा चालक, बस बुकिङ्ग मजदुरलाई पनि चामल, दाल, तेल वितरण गर्नुभएको छ ।
एपोलो ॐ स्कुलको संचालक , प्रिन्सिपल रहनु भएका चौधरीे सानै उमेरदेखि साजसेवामा रुची राख्नु हुन्थ्यो । संगिता कर्माचार्य महिला संघको केन्द्रिय सदस्य रहनु भएको छ । कर्माचार्य महिलाको मुद्दामा केन्द्रित रहेर काम गर्दै आउँनुभएको छ ।
लकडाउनबाट प्रभावित भएका दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउँने बिपन्न परिवारलाई हात मुख जोडन समस्या भएको छ । लकडाउनबाट दलित समुदाय बढी प्रभावित भएका छन ।
लकडाउनका कारण प्रभावित भएका गरिबको घरपरिवारलाई राहत पुर्याउने चौधरी र कर्माचार्यको दिनचार्य नै भएको छ । हरेक दिन एउटा एउटा बस्ती पुग्ने गरेका छ्न ।

Featured News

Advertisement