सुदुरपश्चिम प्रदेश सभाका सदस्यहरुद्वारा आरडिटी परिक्षण बन्द गर्न माग ।
03:20
सोमबार
२६ ,
जेष्ठ
२०७७
NepalBit
1271
जेठ २६, धनगढी ।
सुदुरपश्चिम प्रदेश सभाका सदस्यहरुले आरडिटी परिक्षण बन्द गर्न माग गरेका छन । आईतबार बसेको छैटैं बर्षे अधिबेसनको बैठकमा बोल्ने सांसदहरुले आरडिटी परिक्षण रोक्न माग गरेका हुन ।
बैठकमा बोल्ने सांसदहरुले आरडिटी विश्वसनी नभएको, आरडिटीमा नेगेटिभ नतिजा आएर पनि पीसीआर परिक्षणमा नतिजा पोजेटिभ आउने गरेको भन्दै यसलाई रोक्न माग गरेका हुन ।
सांसदहरुले पीसीआरको परिक्षण बढाउन पनि माग गरेका छन । बैठकमा नेकपाका प्रदेश सभा सदस्य दीर्घ सोडारी, नेकपाकै पूर्णा जोशी र नेपाली कांग्रेसका भरत बहादुर खड्काले आरडिटी परीक्षण बन्द गर्न माग गर्नुभएको थियो ।






