सोमबार १, असार २०८३ Mon,15 Jun 2026

सर्वाधिकार सुरक्षित

आशा जाग्दैछ : डा. दास र विश्वमा कोरोना भ्याक्सिन अनुसन्धान ।



09:09 सोमबार २६ , जेष्ठ २०७७
  • रामप्रसाद खरेल


“नेपालमै कोरानाको औषधी ।”
जेठको पहिलो हप्ताबाटै यही र यस्तै शिर्षकमा समाचारहरु आउँन थाले । यसले हामी सबैको ध्यान खिच्यो त्यातातीरै ।
यो बिषयसँग सम्बन्धित व्यक्ति हुन् – डा. ललितकुमार दास ।
दास त्रिभुवन विश्व विधयालय अन्र्तगतको वन विज्ञान अध्ययन संस्थान हेटौडाका सह–प्रध्यापक हुनुहुन्छ । बारा जिल्लाको कोलयामा जन्मनुभएका दासले सन् २०११ मा फाइटो कमेष्ट्रीमा हिन्दु विश्व विधालय वनारसबाट पीएचडी गर्नुभएको हो ।
कोभिड – १९ को माहामारी चलिरहेकै बेला मार्चमा तितेपाती र वीटर प्लन्टबाट हर्बल सेनिटाइजर वनाएर चर्चामा आउँनुभएका दासले कोरोना भाइरस सम्बन्धि भ्याक्सिन रिसर्च गर्न थाल्नुभयो । दासको भनाई छ – “कोरोनाले संसारलाई संकटमा पारेको छ । विश्वमा धेरै वैज्ञानिकहरु खोप वा औषधी पत्ता लगाउँन लागिपरिरहनुभएको छ तर आजसम्म सम्भव भइसकेको छैन् । सोच,े मैले पनि किन यसमा योगदान नगरौँ । अनि वनस्पतिहरुबाट नै मैले शुरु गरेँ ।”
समाचारमा आएजस्तो दासले औषधी वा भ्याक्सिन नै वनाइसक्नुभएको भने होइन् । वहाँले त्यसका लागि प्रारम्भिक मेडिकल धारणा वनाउँनुभएको हो ।
डा. दासका अनुसार कोरानाको ग्लाइको प्रोटिन वा स्पाइक प्रोटिन, एम, ई, आरएनए प्रोटिन र न्यूक्लिक एसिड सबैको स्फेरिकल स्ट्रक्चरहरुले गर्ने कामहरुको अध्ययन हो ।
डा. दास भन्नुहुन्छ – “मैले कोरोनाको पनि सबै स्ट्रक्चरहरुको अध्ययन गरेँ । कोरोनाको ग्लाइको वा स्पाइक प्रोटिनलाई कसरी नष्ट गर्न सकिन्छ भनेर कल्पना गरे । मैले अवधारण बनाए कि निश्चित प्रकारको एन्जाइमेटिक प्रक्रियाबाट त्यसलाई डिन्याचुरेसन र ब्रेकडाउन गर्न सकिन्छ ।”
दासले दुइ प्रकारको अध्ययन गर्नुभएको छ पहिलो भ्याक्सिन वा औषधी निमार्ण । दोस्रो इम्युनिटी पावरका लागि नयाँ छ ओटा मेडिकल मोडेल ।
यदि वहाँको प्रयास सफल भयो भने खोप पनि वन्छ र इम्युनिटी पावर वढाउने औषधी पनि ।
दासले विकास गर्नुभएको कुरालाई परिक्षण गर्नका लागि नेपालमा कुनै भाइरस नै छैन् अहिलेको अवस्थामा ।
वहाँले आफुले गरेको अनुसन्धानलाई सैद्धान्तिक अवधारणमात्र हो भनेर स्विकार गर्नुभएको छ । यो आधारभूत कुरा हो । अब परिक्षणका प्रोसेस तर्फ जानुपर्ने हुन्छ ।
कुनै पनि खोप वा औषधी वनाउँदा निम्न चरणहरु पार गर्नुपर्ने हुन्छ ।
• Exploratory stage
• Pre-clinical stage
• Clinical development
• Regulatory review and approval
• Manufacturing
• Quality control

िहाम्रो अनुसन्धानलाई अन्तिम रुप दिन नेपालमा प्रयाप्त सेवा सुविधा भएको भाइरोलोजी ल्याव नै छैन् । तर यसलाई सरकारले चाह्यो भने केही समयमा पूरा गर्न सक्छ ।
यति गरिसकेपछि पनि उत्पादनको लागि अर्को प्रक्रिया पुरा गर्नुपर्छ । ती प्रक्रियाहरु यस्ता हुन्छन् ः
• An Investigational New Drug application
• Pre-licensure vaccine clinical trials
• A Biologics License Application (BLA)
• Inspection of the manufacturing facility
• Presentation of findings to FDA’s Vaccines and Related Biological Products Advisory CommitteeExternal (VRBPAC)
• Usability testing of product labeling

त्यसो भए डा. दासको अनुसन्धान अघि वढ्न सक्तैन त ?

सक्छ । तर यो भन्दा अगाडीको प्रक्रिया डा. दासले एक्लै चाहेर हुँदैन् । यो भन्दा अगाडीको प्रोसेसको लागि सरकारले नै पहलकदमी लिनुपर्छ । सरकारको सिफारिसमा मात्र विश्व स्थास्थ्य संगठनले अध्ययनका लागि सहयोग गर्छ । ल्याव तथा क्लिनिकल टेष्टको लागि पनि सम्बन्धित देशको सरकारले अनुमति दिनुपर्छ ।
दासको अनुसन्धानप्रति त्रिवि र संघिय सरकारले कुनै चासो दिएका छैनन् । स्वयम् दास कार्यरत वन विज्ञान संस्थानले समेत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन् ।
बागमति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले भने सहयोग गर्ने आश्वसन दिनुभएको रहेछ । दास केमिकल एसोसिएसन बागमती प्रदेशको उपाध्यक्ष पनि हो । त्यो संस्थाले समेत चासो देखाएको पाइएको छैन् ।
जबसम्म विश्वविधालय वा सरकारले चासो देखाउँदैन् अनुसन्धनकर्ता दासले मात्र केही गर्न सक्नुहुन्न । यसमा सरकार र विश्वविधालय किन मौन छ ? यो चै अनौठो बिषय हो ।
हाम्रो संस्कार कामको ठोस परिणाममा भन्दापनि हल्लाखल्लामा रमाउने भएकाले पनि यस्तो उदासिनता भएको हुनसक्छ ।
आफ्नो अनुसन्धानको सैद्धान्तिक अवधारणाप्रति दासलाई पुरा विश्वास छ । वहाँ भन्नुहुन्छ – “मलाई पुरा विश्वास भएर नै यो काम गरेको हुँ । तर अब कति सफल भयो वा हुन्छ भन्न परिक्षण गर्नुपर्ने हुन्छ । त्यसमा मैले मात्र चाहेर हुँदैन् । मेरो काम कस्तो भयो भनेर परिक्षण गर्न पाँए अझै सुधार गर्न सकिन्थ्यो । यसमा सरकारले मेरो कामलाई सहयोग गर्नुपर्छ ।”
के अब सरकारले डा. दासको कामलाई विश्व स्वास्थ्य संगठनसम्म पुर्याउँला ?


विश्वमा के हुँदैछ भ्याक्सिन अनुसन्धानको काम ?


सन् २०२० को जनवरीबाटै कोरोना रोकथाम र उपचारका बिषयमा विश्वभर अनुसन्धान शुरु भयो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा अहिले विश्व विधालय, स्वतन्त्र वैज्ञानिक तथा औषधी अनुसन्धान तथा उत्पादन कम्पनीहरु खोपको विकासमा लागि परेका छन् ।
खोप निमार्णका लागि विश्व एउटै मञ्चमा छ अहिले । अमेरिका, बेलायत, चीन, भारत, अष्ट्रेलिया र जर्मनले यस काममा वढी सक्रियता देखाएका छन् । तीन चरणका परिक्षण समेत गरिसकेका छन् केही अनुसन्धानकर्ताहरुले । वैज्ञानिकहरुले विश्वास गरेका छन् कि २०२१ को जनवरीसम्ममा कोरोनाको भ्याक्सिन वा औषधी वजारमा आउँछ ।
भ्याक्सिनको निमार्णमा चीन र बेलायत अगाडी देखिएका छन् ।
कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडोको प्रस्तावमा तीस देशका सरकार, बहुराष्ट्रिय कम्पनी र संस्थाहरुले कोभिड – १९ टेक्नोलोजी एक्सेस पूल (c–tap) मा हस्ताक्षर गरेका छन् । जसले खोप परीक्षण, उपचार र अन्य स्वास्थ्य प्रविधिलाई सहयोग पुर्याउँने छ । यसलाई विश्व स्वास्थ्य संगठनका महानिर्देक डा. ट्ड्रोस अडानोम गेब्रेयसिसले नै आरम्भ गर्नुभएको थियो ।
डब्लुएचओले भ्याक्सिन अनुसन्धानको लागि एक निर्देशिका पनि तयार गरेको छ । तर विश्व स्वास्थ्य संगठनप्रति अमेरिका र ब्राजिल भने असन्तुष्ट रहेका छन् । ब्राजिलले त सदस्यता त्याग्ने समेत चेतावनी दिइसकेको छ ।
चिनिया इन्जिनियरिङ अनुसन्धान प्रतिष्ठान तथा इन्स्टिच्युट अफ मिलिटरीका वैज्ञानिकहरुले एडेनोभाइरस भेक्ट खोप अप्रिलमा नै विकास गरी अनुसन्धान गरिरहेका छन् । चाइना नेशनल फर्मास्युटिकल ग्रुपको मातहतमा रहेको वुहान इन्स्टिच्युट अफ बायोलोजिक प्रोडक्सन र वुहान इन्स्टिच्युट अफ भाइरोलोजीले इनएक्टिभेटेड भ्याक्सिनको परिक्षण गरिरहेका छन् । बेइजिङको सिनोभाक अनुसन्धान र विकास कम्पनी लिमिट्ेडले पनि केही चरणका परिक्षणहरु गरिसकेका छन् ।
विभिन्न सञ्चार माध्यमा, त्यस देशका मन्त्रालय, विश्व विधालयले प्रकाशन गर्ने जर्नल र विश्व स्वास्थ्य संगठनका अनुसार क्याम्ब्रिज विश्व विधालयमा रहेको मोडिरिना कम्पनीले परिक्षण गरेका भ्याक्सिनहरुको परिणाम सकारात्मक देखिएको छ । उनिहरुले २०२१ को जनवरीसम्ममा उत्पादन नै शुरु गर्न सकिने बताउँदै आएका छन् ।
भारतको सिरम संस्थानले पनि परिक्षण गरिरहेको छ । भारत बायोटेक इन्टरनेशनल लिमिटेडले भारतको चिकित्सा संस्था आईसीएमआरसँगको सहकार्यमा कोरोना भाइरसको भ्याक्सिन उत्पादनको अनुसन्धान गरिरहेको छ ।
क्विनसल्याण्ड विश्वविधालयका अष्ट्रेलियाली अनुसन्धान कर्ता वैज्ञानिकहरुले पनि आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्याइसकेको दावी गर्दै आएका छन् ।
२० भन्दा वढि प्रकारका खोपहरुको अनुसन्धानको परिणाम सकारात्मक आइरहेको छ । १ सय ५५ प्रकारका खोपहरुको अनुसन्धान भइरहेको छ ।
कोराना विरुद्धको खोपको पहिलो मानव परिक्षण चैतमा अमेरिकाकी ४३ बर्षिय जेनिफर हलमा गरिएको थियो । नेशनल इन्स्टिच्युट अफ हेल्थ अमेरिकाको आर्थिक सहयोगमा यो परिक्षण गरेका थिए वैज्ञानिकहरुले । अमेरिकाको जोन्सन एण्ड जोन्सन औषधी कम्पनीले पनि २०२१ को जनवरीसम्ममा खोप बाजरमा ल्याउँने दावी गरेको छ । यसले अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभाग मातहतको बायोमेडिकल एड्भान्स रिसर्च एण्ड डेभल्पमेन्टसँग सहकार्य गरेको छ ।
जर्मनीको जैविक प्रविधि वीएनएएक्ससँगको सहकार्यमा मोर्डना, नोभाभाक्स र इनोभियो जस्ता औषधी उत्पादन कम्पनीले पनि खोपको विकासमा अनुसन्धान गरिरहेका छन् ।
अक्सफोर्ड विश्वविधालयले पनि मानिसमा खोपको परिक्षण गरिसकेको छ । यधपी अन्तिम निष्कर्षमा भने पुगिसकेको छैन् । खोप विज्ञ सार्थ गिल्बर्ट र वैज्ञानिक इलिसा ग्रानाटो यसमा लागि परेका छन् ।
जनवरीमा स्वास्थ्य आपतकालको घोषणा भएपछि फ्रेबुअरी ११ र १२ मा विश्व स्वास्थ्य संगठनको जेनेभा मुख्यालयमा विश्वका वैज्ञानिकहरुको भेला भएको थियो । त्यसले कोरोना नियन्त्रण र खोपको विकासका लागि ग्लोवल रिसर्च फोरम को अवरधारण पास गरेका थिए ।
भारत र अक्सफोर्ड विश्वविधालयको सहकार्यमा नन रिप्लेसिङ भाइरल भेक्टर का रुपमा खोप तयार भइरहेको छ ।
विश्व स्थास्थ्य संगठनका अनुसार ११४ प्रकारका भ्याक्सिनका प्रारम्भिक चरणका कामहरु पनि भइरहेका छन् ।
डब्लुएचओले खोप आविष्कार भइसक्न बर्षौ लाग्न सक्ने पनि बताएको छ । तर अनुसन्धानकर्ता वैज्ञानिकहरुको दावी भने एकबर्ष भित्रमा नै खोप वा औषधी ल्याउँन सकिने छ ।
सार्वजनिक भएका तथ्य, तथ्याङक, तर्क, विश्लेषण र अनुसन्धानको गतिलाई हेर्दा आशा गर्ने ठाउँ नै प्रस्सत रहेको छ । २०२१ को जनवरीसम्ममा आउने वैज्ञानिकहरुको दावी सिद्ध हुने सम्भावना छ ।
हामीले पनि के विश्वास गर्न सक्छौँ भने मानिसले हार्दैन् । केही ढिलो नै भएपनि खोप वा औषधी वन्नेछ ।


निष्कर्षमा,
यसरी कोरोना संक्रमणको कारण भएको समस्याका बीचमा पनि विश्वमा कोरोना नियन्त्रणका प्रयासहरु भइरहेका छन् । चीन लगायतका केही देशले नियन्त्रण पनि गरेका छन् । विश्वमा हजारौँ वैज्ञानिकहरु अनुसन्धानमा अहोरात्र खटेका छन् । नेपालमा पनि डा. दास लाग्नुभएको छ । विश्वसँग जोडिदै हामीले पनि आफूलाई अगाडी वढाउँन सके कोरोनाको खोप अनुसन्धान र विकासमा परिणाममुखी योगदान देखिने छ ।
नेपालका वैज्ञानिकहरु पनि सक्रिय हुनपर्छ जुन अहिले भएको छैन् । डा. दासले हर्बल वेसमा अनुसन्धान गरिरहनुभएको छ । दासको प्रयासलाई सरकारले नेतृत्व लिनुपर्छ ।
=====

 

 

 

Featured News

Advertisement