शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १४७



15:55 सोमबार २६ , जेष्ठ २०७७

जेठ २६ गते, धनगढी ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १४७ पुगेको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा आज थप ३७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो ।

कञ्चनपुरका १९ जना, दार्चुलाका १०, डडेल्धुराका ७ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको हो। कञ्चनपुरको पुनरवास नगरपालिकाका १३ जना पुरुष, भीमदत्त नगरपालिकाका दुई महिला र तीन पुरुष र शुक्लाफाँटा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो।

दार्चुलामा शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एकरएक पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका तीन पुरुष, नवदुर्गा गाउँपालिकाका दुई पुरुष, अमरगढी नगरपालिकाका एक महिला र एक पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । यता कैलालीको जानकी गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ४७ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ४८ जना, कञ्चनपुरमा ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १८ जना निको भएर घर फर्किसकेका छन्।

Featured News

Advertisement