शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

सरकारद्वारा लक डाउनमा परिवर्तन, के–के खुले ? कुन–कुन खुलेनन् ?



12:55 बिहीबार २९ , जेष्ठ २०७७

जेठ २९ गते, काठमाण्डौं ।

२०७६ चैत ११ गते शुरु भएको लक डाउनलाई केही परिवर्तन गर्ने सरकारले निर्णय गरेको छ । बुधबार बसेको मन्त्री परिषदको बैंठकले लक डाउनलाई परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णय सँगै अब आंशिक लकडाउनमात्र हुने भएको छ ।

सरकारको निर्णय सार्वजनिक गर्न आज गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले दिनुभएको जानकारी अनुसार भोलिदेख निजि सवारी साधनहरु सञ्चालन हुन पाउँने भएका छन् । यस्तै सरकारी कार्यालयहरु विहान ६ देखि वेलुका ६ बजेसम्म गरी दुइ सिफ्टमा सञ्चालन हुनेछन् ।
यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ। तर सपिङ मल भने खोल्ने निर्णय भएको छैन ।
रेष्टुरेन्टमा बसेर खान नपाउने तर लिएर जान पाउने निर्णय पनि गरिएको छ भने होटल क्वारेन्टाइनको लागि मात्र चलाउन पाइने छ ।
सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।
काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । तर जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने खतिवडाले बताउँनुभयो ।
मोटरसाइकलमा एकजना मात्र चढ्न पाउने निर्णय गरेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा। युवराज खतिवडाले जानकारी दिनुभयो ।
यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गर्ने निर्णय छ । नर्सरी र बनजन्य व्यवसाय, विकास आयोजना, निजी क्षेबाट प्रवर्द्धित आयोजना पनि निर्वाध रुपमा सञ्चालित हुनेछन् भने नदीजन्य ढुवानी पनि खुला गरिएको छ।
शिक्षण संस्थाहरुका कार्यालय मात्र सञ्चालन गर्न पाउने तर पठनपाठन गर्न नपाउने प्रवक्ता डा। खतिवडाले बताउनुभयो ।
सरकारले तोकेका २० बाहेक अरु अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।
सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई सेवा अहिले पनि बन्द नै रहनेछ ।

 

Featured News

Advertisement