नेपालमा ४ हजार ६ सय १४ जना कोरोना संक्रमित, नौ देशद्वारा कोरोना मुक्त घोषणा ।
जेठ २९, काठमाण्डौं ।
नेपालमा कोरोना भाइरसबाट थप २५० सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या चार हजार ६१४ पुगेको छ ।
नयाँ सङ्क्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेका छन् । तीमध्ये ४ हजार २८५ पुरुष र ३२९ महिला छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।
बिहीबार सुनसरी ३, रौतहट ५७, बारा ७, धादिङ ७, सर्लाही ४, सप्तरी ९, महोत्तरी ४, झापा ३, दाङ ८, रोल्पा १४, बाँके १३, दैलेख ४८, सुर्खेत ७, प्युठान ४, रुपन्देही २९, कैलाली ७, बाजुरा १८, बझाङ २, नवलपरासी ६ र कपिलवस्तु २ जना सङ्क्रमित थपिएका छन्।
आज थप १८७ डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ८ महिला र १७९ पुरुष रहेका छन् । योसँगै कुल डिस्चार्ज हुनेको ८६१ सङ्ख्या पुगेको छ । पुरूष ७७४ र महिला ८७ डिस्चार्ज भएका हुन् । मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।
नौ देशद्वारा कोरोना मुक्त घोषणा ।
विश्वमा कोरोनाको संक्रमण नियन्त्रणमा आउन सकेको छैन । तर यसै बीच नौ देश कोरोनामुक्त देश घोषणा गरेका छन् ।
न्युजिल्याण्ड, तान्जानिया, भ्याक्टिकन, फिजी, मोन्टेनोग्रो, सेन्सीलाज, सेन्ट किट्स एण्ड नेभिस, पपुवा न्यूगिनी र टिमोर लेस्टले कोरानामुक्त देश घोषणा गरेका हुन् ।
न्युजिल्याण्ड
जुन ८ मा न्युजिल्याण्डले कोरोनाभाइरसका अन्तिम बिरामी निको भई घर फर्केको घोषणा गर्यो । न्युजिल्याण्डमा एक हजार पाँच सय सङ्क्रमित थिए । त्यहाँ २२ जनाले मृत्युको सामना गरे । न्युजिल्याण्डको जनसङ्ख्या ४८ लाख ८६ हजार छ ।
प्रधानमन्त्री जसिन्डा अर्डेनले जुन ९ देखि कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने जोखिमबीच अपनाइएको सबै सतर्कताका उपायहरू खुला भएको र सीमा प्रतिबन्ध यथावत रहने घोषणा गर्नुभयो ।
तान्जानिया
दैविक कृपाले कोरोनामुक्त हुन सफल भएको तान्जानियाका राष्ट्रपति जोन मगुफुलीले आइतबार एक चर्चमा आयोजित समारोहमा धारणा राख्नुभयो । तान्जानियामा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ५०९ जना रहेको छ ।
तान्जानियाको जनसङ्ख्या पाँच करोड ९७ लाख ३४ हजारको करिब छ ।
भ्याटिकन
द भ्याटिकनले जुन ६ मा कोरोनाभाइरसका कुनै बिरामी नरहेको जनाएको छ । सबै १२ जना सङ्क्रमित मुक्त भइसकेको उसले जनाएको छ ।
द भ्याटिकनको जनसङ्ख्या मात्र ८२५ रहेको छ ।
फिजी
मे महिनाको अन्तिम साता फिजीले कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएको जनायो । उसले सबै १८ जना भाइरस सङ्क्रमणबाट मुक्त भएको जनाएको छ । दक्षिणी प्रशान्त क्षेत्रको टापू राष्ट्र फिजीका प्रधानमन्त्री फ्रान्क बैनिमरामाले शुक्रबार कोरोनामुक्तको घोषणा गर्नुभयो । करिब नौ लाख जनसङ्ख्या रहेको फिजीले अप्रिल महिनामा सीमा प्रतिबन्धसँगै केही क्षेत्रमा लकडाउन गरेको थियो ।
मोन्टेनेग्रो
पहिलो सङ्क्रमित पुष्टि भएको ६९ दिनपछि मोन्टेनेग्रोले मे २४ मा कोरोनामुक्त भएको घोषणा गरेको छ । कोरोनामुक्त घोषणा गर्ने मोन्टेनेग्रो पहिलो युरोपेली राष्ट्र हो । मोन्टेनेग्रोमा ३२४ जना कोरोनाभाइरस सङ्क्रमितको पुष्टि भएको छ । नौ जनाको मृत्यु दर्ता गरिएको छ ।
सेसिलाज
टापु राष्ट्र सेसिलाजको जनसङ्ख्या ९६ हजार ७६२ छ । मे १८ मा सेसिलाजको स्वास्थ्य मन्त्रालयले कोरोनाबाट पूर्णमुक्त भएको जनायो ।
सेन्ट किट्स एण्ड नेभिस
वेष्टइन्डिज राष्ट्र सेन्ट किट्स एण्ड नेभिसले मई १९ मा कोरोनामुक्त भएको घोषणा गर्यो । ५२ हजार ४४१ जनसङ्ख्या रहेको टापु राष्ट्र सेन्ट किट्स एण्ड नेभिसमा कोरोना सङ्क्रमणका १५ बिरामी फेला परेको थियो ।
टिमोर लेस्ट
आफ्नो २४ औँ सङ्क्रमित निकोपछि मई १५ मेमा टापु राष्ट्र टिमोर लेस्टले कोरोनामुक्त भएको जनाएको छ । भाइरसको सङमणबाट मृत्युको घटना टिमोरले सामना गरेनन ।
पपुवा न्यू गिनी
सन् २०१८ को जनगणना अनुसार ८६ लाख जनसङ्ख्या भएको प्रशान्त क्षेत्रका राष्ट्र पपुवा न्यू गिनीले मे ४ तारिमा नै कोरोनामुक्त भएको दाबी गर्यो । पपुवा न्यू गिनीमा कोरोनाका २४ जना सङ्क्रमितको पुष्टि भएको थियो । भाइरसबाट कुनै मृत्युको सामना उसले गरेन ।
.png)





