ऐतिहासिक दिन : नेपालको नयाँ नक्सा सदनबाट सर्वसम्मत पारित । को-को संसद सहभागि भएनन् ?
जेठ ३१ गते, काठमाडौं ।
भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी सहित समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा र निशान छाप प्रतिनिधिसभाबाट आज सर्वसम्मत पारित भएको छ । नेपालको संविधान (दोस्रो संसोधन) विधेयक २०७७ पारितभएसँगै नयाँ नक्सा कायम भएको हो ।
आजको संसदको बैठकमामा कुल २५८ सदस्य उपस्थित रहनु भएको र त्यसमध्ये २५८ सदस्यले संशोधनको पक्षमा मतदान गर्नुभएको छ । विपक्षमा कसैले पनि मतदान गरेन ।
राष्ट्रियताको विषयमा सबै नेपाली अभूतपूर्व ऐतिहासिक एकता प्रर्दशन गर्न सफल भएका छन् ।
प्रतिनिधिसभामा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ प्रस्ताव गर्नुभएको थियो ।
सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।
सदनमा अनुपस्थित सांसदहरु :
बैठकमा सांसदहरु अमृतादेवी अग्रहरी, गोपाल बहादुर बम, दुलारी देवी खत्वेनी, धन बहादुर बुढा ,नागेन्द्र कुमार चौधरी, प्रमोद शाह, शिव कुमार मण्डल, सूर्य नारायण यादव, सूर्य बहादुर केसी, हरिबोल गजुरेल, ज्ञान कुमारी छन्त्याल उपस्थित हुनुभएन ।
निलम्बित सांसदहरु :
हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मत अफ्ताब आलम र बिजय कुमार गच्छदार ।
संसद वहिष्कार गर्ने :
सरिता गिरी






