नेपालको नयाँ नक्सा पारित भएको खुशीयालीमा इटहरीमा दिप प्रज्वलन । (तस्बिरहरुका साथमा)
16:13
शनिबार
३१ ,
जेष्ठ
२०७७
NepalBit
1222
जेठ ३१ गते, इटहरी ।
प्रतिनिधि सभाबाट नेपालको नयाँ नक्सा तथा निशान छाप सर्वसम्मतिले पारित भएको खुशियालीमा इटहरीमा आज साझँ दिप प्रज्वलन गरिएको छ ।
अनेरस्ववियू, यूवा संघ र नेकपा इटहरीको संयुक्त आयोजनामा भएको दिप प्रज्वलन कार्यक्रममा संविधान सभाका सभासद, नेकपाका नेताहरु, विधार्थी तथा युवा नेताहरु साथै कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
खुशीयाली मनाउन साझँ इटहरी चौकमा भेला भएका सम्पूर्ण नागरिकले सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।
यसैगरी समाजबादी विद्यार्थी युनियन, तथा युवा समुहले नेपालको झण्डा बनाई दिप प्रज्वलन गरी खुसियाली मनाएका छन् ।











