शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

गोठगाउँ आइसोलेशनबाट ४० जना निको भए, ७६ जनाको उपचार हुँदै ।



14:28 बिहीबार ४ , असार २०७७

असार ४ गते, मोरङ ।

प्रदेश सरकारले सञ्चालन गरेको गोठगाउँको आईसोलेशनबाट आज ४० जनाले कोरोनालाई जीतेर घर फर्कन सफल भएका छन् ।
यसरी सकुशल घर फर्कन सफल हुनेमा मोरङका ९ जना, झापाका १२, सुनसरीका १५ र भोजपुरका ४ जना रहेका छ्न् ।
कोरोना मुक्त भै घर फर्कनेहरुलाई प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, सुन्दरहरैँचाका मेयर शिव ढकाल, उपप्रमुख धना तामाङ प्रदेश सांसद लोकप्रसाद संग्रौला, राजकुमार ओझा लगायतका अतिथिहरुले पुष्प गुच्छा दिएर स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।
गोठगाउँ आइसोलेशनमा जम्मा १ सय १८ जना कोरोना संक्रमित भर्ना गरिएको थियो । दुइजनालाई अन्यत्र रिफर गरिएको अब ७६ जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमण मुक्त भएका एकजनाले आइसोलेशनको आफ्नो अनुभवमा भने – “यो आईसोलेशनको बसाई मेरो लागि अबिस्मरणिय रहेको छ , म सम्पुर्ण व्यवस्थापन र मेडिकल टिमलाई कहिल्यै बिर्सन सक्दिन् ।”

Featured News

Advertisement