गोठगाउँबाट १ सय ९४ जना संक्रमित निको भएर घर फर्किए ।
असार २४ गते, गोठगाउँ ।
एक नम्बर प्रदेश सरकारको सहयोगमा संचालित पुर्वान्चल विश्वबिध्यालय कोभिड आईसोलेसन अस्पताल गोठगाउँबाट १ सय ९४ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । आजमात्रै ४४ जना निको भएर घर फर्किएको अस्पतालले जनाएको छ ।
मोरङका १५, झापाका १५, सुनसरीका ८, ईलामका ६ जना गरि जम्मा ४४ जना आज डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
गोठगाउँ आइसोलेसनमा हालसम्म २५० जना भर्ना भएका छन ।
आइसोलेसनमा भर्ना भएका मध्ये ५ जना धरान घोपा क्याम्पमा र १ जना कोशी प्रदेश अस्पतालमा रिफर गरिएको थियो । रिफर गरिएका पनि निको भएर घर फर्किसकेको जनाइएको छ ।
उक्त अस्पतालमा अहिले ५० जना उपचारकै क्रममा छन् । सबैको स्वास्थ्यमा गम्भिर समस्या नरहेको जनाइएको छ ।
गोठगाउँको आइसोलेसन नेपालकै नमुना रहेको पनि दावी गरिएको छ ।
यो लिंकमा क्लिक गर्नुहोस् :
गोठगाउँको आइसोलेशन नेपालकै नमुना, अस्पतालको रुपमा निरन्तरता दिइने ।
https://www.nepalbit.com/article/194






