शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

पुष्पलालको स्मृतिमा झुम्कामा २ सय ८२ जनाले गरे रक्तदान



10:01 मंगलवार ६ , श्रावण २०७७

साउन ६ गते, झुम्का ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसका अवसरमा आज रामधुनी नगरपालिकाको झुम्कामा गरिएको रक्तदान कार्यक्रममा २ सय ८२ जनाले रक्तदान गरेका छन् ।
पुष्पलाल स्मृति प्रतिष्ठान सुनसरीको आयोजना र नेकपा रामधुनीको संयोजनमा भएको उक्त कार्यक्रममा रामधुनी, इटहरी, इनरुवा तथा वराह नगरपालिकाका नेकपाका समर्थक, नेता तथा कार्यकर्ताले रक्तदान गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष नन्द वस्नेतको अध्यक्षता र नेकपा सुनसरीका इन्चार्ज धर्मराज निरौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै निरौलाले पुष्पलालको योगदान अविष्मरणिय र उल्लेखनिय रहेको बताउँनुभयो ।
कोभिड–१९ को महामारीको समयमा पनि रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा रामधुनीका नगर अध्यक्ष राम कोइरालाले बताउँनुभयो ।
श्रेष्ठको ४२ औँ स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले सुनसरीका विभिन्न ठाउँमा कार्यक्रम राखेको प्रतिष्ठानका अध्यक्ष नन्द बस्नेतले बताउँनुभयो । वहाँका अनुसार भोलि ७ गते इटहरीमा वृक्षारोपण तथा कोण सभा र १० गते धरानमा पुष्पलालको योगदानको चर्चा बिषयक विचार गोष्ठी हुनेछ ।

 

Featured News

Advertisement