शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

१ सय २० दिन पछि लडकडाउन खुल्ला, अन्तराष्ट्रिय आगमन भने वन्द कायमै (मन्त्रिपरिषदको बैंठकको पूर्ण पाठ सहित)



14:58 मंगलवार ६ , श्रावण २०७७

साउन ६ गते, काठमाण्डौँ ।

कोभिड–१९ को माहामारीको कारण सरकारले लागु गरेको लकडाउन आज मध्यरातबाट अन्त्य हुनेभएको छ । १ सय २० दिन पछि लकडाउन हटाइएको हो । मन्त्रिपरिषदको हिजो ५ गते सोमबार वसेको बैठकले लकडाउन खुल्ला गर्ने निर्णय गरेको हो ।
२०७६ चैत्र ९ गते वसेको मन्त्रिपरिषदको बैंठकले चैत ११ गतेदेखि लागु हुनेगरी लकडाउनको घोषणा गरेको थियो । अब लकडाउनका कारण वन्द भएका व्यवसायहरु खुल्ला गर्न कानुनी बाटो खुलेको छ ।
औपचारिक रुपमा लकडाउन खुल्ला भनेपनि केही वन्देजहरु कायमै छ ।
के–के वन्देज रहेका छन् ?
क) शैक्षिक संस्थाहरु (विधालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्र)
ख) सबै प्रकारका सभा, गोष्ठी, तालीम र सेमिनार
ग) सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन
घ) सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायत मनोरञ्जन स्थल
ङ) सैलुन, ब्युटी पार्लर तथा स्पा
च) स्मिङपुल, जीमखाना र हेल्थ क्लव
छ) समूहमा खेल्ने खेल र खेल मैदानमा हुने प्रस्तुती
ज) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
झ) पुस्तकालय, संग्रालय र चिडियाखाना

मन्त्रिपरिषदको बैंठकको पूर्ण पाठ :

 

Featured News

Advertisement