शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

वी.पी. को स्मृतिमा सुनसरीमा विभिन्न कार्यक्रम



16:14 मंगलवार ६ , श्रावण २०७७

साउन ६ गते, इटहरी ।

नेपाली कांग्रेसका संस्थापक तथा पूर्वप्रधानमन्त्री वी. पी. को कोइरालाको ३८ औँ स्मृति दिवसका अवसरमा सुनसरीमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएका छन् ।

इटहरी उप–महानगरपालिकाले इटहरी १८ मा बृक्षारोपण गरेको छ । आँप, लिच्ची, रुद्राक्ष, वेल तथा कपुरका विरुवा रोपिएको छ ।

तरुण दल रामधुनीले झुम्कामा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा १ सय ७२ जनाले रगत दान गरेको तरुण दल रामधुनीका अध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिनुभयो । नेपाली कांग्रेसका सुनसरी जिल्ला अध्यक्ष राजिव कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

यसैगरी नेपाल विधार्थी संघ सुनसरीले इटहरी १७ मा रहेको रामजानकी वृदाश्रममा खाध्यान्न सामग्री वितरण गरेको छ । चामल, आलु, चिनी, साबुन लगायतका सामग्री प्रदान गरिएको नेविसंघ सुनसरीका अध्यक्ष मन्दिप भट्टराईले जानकारी दिनुभयो ।

वी. पी. अध्यन प्रतिष्ठान सुनसरीले हरिनगर, भोक्राहा, कोशी गाउँपालिका र बराहक्षेत्र नगरपालिकामा रहेका क्वारेन्टिनमा वसेका व्यक्तिहरुलाई फलफुल तथा माक्स वितरण गरेको छ ।

 

 

 

Featured News

Advertisement