शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

पार्टीको विधि र पद्धति विपरित कार्य नगर्न नेकपा सुनसरीको चेतावनी



11:34 सोमबार ८ , भाद्र २०७७

भदौँ ८ गते, इटहरी ।

जिल्लाका केही  नेताहरु पार्टी एकताको भावना विपरित गुटवन्दी गर्दै हिडेकामा पार्टीको गम्भिर ध्यान आकर्षण भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीले आज प्रेस विज्ञप्ती जारी गरेको छ ।
नेकपा सुनसरी जिल्ला कमिटिका अध्यक्ष योगेन्द्रप्रसाद मण्डल (पप्पु) र सचिव रमेश कुमार बस्नेतको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तीमा भनिएको छ – “पार्टीका केही नेता तथा कार्यकर्ताहरुले पार्टी एकतामा आँच पुर्याउदै कुनै निश्चित नेताको पक्षमा सडकमा नारा लगाउने, पूर्व पार्टीको नाममा गुटगत भेला गरी पार्टीका कतिपय कमिटि, कमिटिका नेताहरुको मानमर्दन गर्ने जस्ता गतिविधि भएका समाचारहरु सञ्चार माध्यममा आउदा नेकपा जिल्ला कमिटि सुनसरीको गम्भिर ध्यान अकर्षण भएको छ ।”
पार्टीको विधि र पद्धती उल्लङ्घन गर्दै गुटगत क्रियाकलाप नर्गन र यस्ता गतिविधमा संलग्न नहुन विज्ञप्तीमा लेखिएको छ । प्रदेश तथा केन्द्रिय कमिटिका नेताहरुलाई समेत विज्ञप्तीमा सचेत गराइएको छ । विज्ञप्तीमा लेखिएको छ – “केन्द्रिय कमिटि तथा प्रदेश कमिटिका नेताहरु समेत सहभागी भएको सञ्चार माध्यमबाट जानकारी हुन आएकोले तयस्ता गतिविधि नगर्न, नगराउन यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।” 
 

Featured News

Advertisement