शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

जनता क्याम्पस इटहरीका विधार्थी सङ्गठनद्वारा व्यवस्थापन समितिलाई १० दिने अल्टिमेटम



12:28 सोमबार ८ , भाद्र २०७७

भदौँ ८ गते, इटहरी ।

प्रध्यापक राजन भट्टराई र कृष्णकला राईबिच भएको अडियो संवादको बिषयमा तत्काल छानविन गरी दोषीलाई कार्वाही गर्न माग गर्दै जनता वहुमुखी क्याम्पस इटहरीका ६ विधार्थी सङ्गठनहरुले आज संयुक्त ध्यान आकर्षण पत्र जारी गरेका छन् ।
आफूहरुले उचित माग राख्दा समेत व्यवस्थापन समितिले कुनै चासो नदिएकाले चेतावनी दिन वाध्य भएको विधार्थी सङ्ठनहरुले जनाएका छन् ।
अनेरास्ववियू, नेविसघं, समाजवादी विधार्थी फोरम, अखिल क्रान्तिकारी, नयाँ शक्ति विधार्थी यूनियन र राप्रविसंद्वारा जारी संयुत ध्यान आकर्षण पत्रमा १० दिनभित्र यो बिषयमा निर्णय लिन नसके आफूहरुले नै कार्वाही गर्ने भन्दै अल्टिमेटम दिएका हुन ।
केही दिन अघि दुई प्रध्यापकहरुबिच भएको एउटा अडियो संवाद सार्वजनिक भएको थियो । कृष्णकला राईले राजन भट्टराईद्वारा आफुमाथि यौन दुव्र्यवाहर भएको भन्दै विरोध जनाउँनुभएको थियो ।

यो बिषयलाई लिएर यसभन्दा पहिले पनि विधार्थी सङ्गठनहरुले कुरा उठाउदै आएका थिए ।
 


 

Featured News

Advertisement