शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

लकडाउनको मौका छोपी धरानका मेयरद्वारा सामुदायिक वनको रुख कटान



03:33 सोमबार १५ , भाद्र २०७७

भदौँ १५ गते, सोमबार ।

लकडाउनको मौका छोपी धरानका मेयर तिलक राईले धरान २० भालुढुङा सामुदायिक वनमा सखुवाको रुख कटान गरेको आरोप लागेको छ ।
शनिबार दिउसो मेयर राईले धरानबाट मेशिन लगि सखुवाको रुख काटेका गरेको स्थानियहरुले जानकारी दिएका छन् ।
मेयर राइले  घर वनाउनकालागि काठ माग गर्दै समितिमा निवेदन दिएको तर यस बिषयमा समितिको कुनै निर्णय भएको थिएन । 
समितिले हालसम्म कसैलाई काठ काटन र वितरण गर्ने योजना नबनाएको तर पद र शक्तिको आडमा मेयरले रुख काटेको समितिका अध्यक्ष वुद्धिमान तामङले वताउनुभयो । तामङले भन्नुभयो – “हामीले जिल्ला वन कार्यालयलाई जानकारी गरयौ तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन ।” 
काटिएको रुखलाई १२ टुना पारिएको छ । जंगलमा मेयर सहितको टोलीले रुख काटेको बाख्रा गोठालाहरुले थाहा पाएर उपभोक्ता समितिका अध्यक्षलाई जानकारी गराएका थिए ।
मेयर राइले रुख कटानमा आफ्नो संलग्नता नभएको संचार माध्यमहरुलाई प्रतिक्रिया दिनुभएको छ ।
 

Featured News

Advertisement