कोभिड – १९ को महामारीले सुनसरीको पत्रकारितामा पारेको प्रभाव बारेमा प्रेस सङ्ठनले अध्ययन गर्ने, भवानी बरालको संयोजकत्वमा अध्ययन कार्यदल गठन
भदौँ १५ गते, इटहरी ।
कोभिड १९ को महामारीले सुनसरीको पत्रकारितामा पारेको प्रभावको बिषयमा प्रेस सङ्ठन सुनसरीले अध्ययन गर्ने भएको छ । भदौँ १४ गते वसेको सङ्ठनको बैठकले यस्तो निर्णय गरेको हो । अध्ययनका लागि प्रेस सङ्ठन नेपालका केन्द्रिय सल्लाहकार भवानी बरालको संयोजकत्वमा ६ सदस्यि कार्यदल गठन गरेको छ । ‘सुनसरीको पत्रकारितामा कोभिड १९ को प्रभाव अध्ययन कार्यदल’ नाम दिइएको छ । यस कार्यदलको सदस्यहरुमा संङ्ठनका केन्द्रिय सदस्यहरु केशव घिमिरे, देवेन्द्र कार्की, जयकृष्ण यादव, प्रदेश कमिटि सदस्य रामप्रसाद खरेल र सुनसरी सहसंयोजक शेखर ढकाल रहनुभएको छ ।
अध्ययनका लागि १५ दिनको सयम दिइएको छ । कार्यदलबाट प्राप्त निष्कर्ष र सिफारिसको आधारमा आगामी राहत वा सहयोग वितरणलाई व्यवस्थि तगर्न नेपाल पत्रकार महासंघ लगायत विभिन्न निकायसँग छलफल गरिने प्रेस सङ्ठनका सुनसरी संयोजक श्रिशीशा राईले जानकारी दिनुभयो ।
सङ्ठनले जिल्लाभित्र वितरण गरिने राहत सबैलाई पत्रकार महासंघ मार्फत वितरण गरिनुपर्ने माग पनि गरेको छ । जिल्लाका श्रमजिवी पत्रकारको अवस्थाको विश्लेषण गरी तत्काल संबोधन गर्न पनि पत्रकार महासंघ सुनसरी समक्ष माग गरिएको छ । सङ्ठनले पत्रकारहरुलाई राहत वा सहयोग वितरण गर्नका लागि सञ्चार भैपरी कोष पनि निमार्ण गरेको छ । यस कोषमा प्राप्त सबै रकम पत्रकार महासंघ सुनसरीलाई हस्तान्तरण गरिने जनाइएको छ ।






