इटहरीका सवै वडामा स्वास्थ्य केन्द्र
असोज ४ गते, इटहरी ।
इटहरीवासीलाई घर आँगन नजिकै स्वास्थ्य सेवा पूरयाउन सवै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । सो अभियान अन्र्तगत आज इटहरी वडा नम्वर ४ मा आधारभूत स्वास्थ्य केन्द्र भवनको शिल्यान्यास गरेर निर्माण समेत सुरु गरिएको छ ।
इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी तथा उपप्रमुख लक्ष्मी गौतमले भवन शिल्यान्यास गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले तोकिएकै समयभित्र गुणस्तरमा कुनै सम्झौता नगरि भवन निर्माण गर्न निर्देशन दिनुभयो । केहि दिनभित्रैमा १४ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन शिल्यान्यास गरिने जानकारी दिनुभयो । उपप्रमुख लक्ष्मी गौतमले आज शिल्यान्यास गरिएको भवनवाट यहि आर्थिक वर्षमा सेवा सुचारु गरिने वताउनुभयो । त्यहाँ आवश्यक पर्ने फर्निचर खरिद गरिसकिएको र मसलन्द खर्चका लागि वजेटको ब्यवस्था गरिएको जानकारी दिनुभयो । वडाध्यक्ष चन्द्र भटराईले वडा नम्वर ४ वाट स्वास्थ्य केन्द्र भवनको निर्माण सुरु गरिएकोमा खुशि ब्यक्त गर्नुभयो । इन्जिनियर जीवन घिमिरेले २८ लाख ६८ हजार २सय ६४ रुपियाँको लागतमा पाँच महिना भित्र निर्माण सकिने जानकारी दिनुभयो । स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले आधारभूत स्वास्थ्य सेवा अव इटहरीका वडा वडामै पाउने गरि काम अघि वढेको जनाउनुभयो । उहाँका अनुसार यहि आर्थिक वर्षमा १४वटा भवन निर्माण गरिने छ । अहिले १० वडामा स्वास्थ्य सस्थाहरु रहेपनि ४ वटा भाडाको भवनमा संचालित छन ।
यो आर्थिक बर्षभित्र सवै वडाहरुमा स्वास्थ्य सस्थाहरु भइसक्ने उहाँले जानकारी दिनुभयो । नेपाली काँग्रेसका नेता कमल राईले वडा वडामा स्वास्थ्य सेवा पुग्नु सुखद भएको वताउनुभयो । निर्माण कम्पनीका प्रतिनिधि जीवन कार्कीले सम्झौतामा तोकिएको समयअघिनै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो । वडा सदस्य लक्ष्मी शर्माले स्वागत मन्तब्य ब्यक्त गर्नुभयो ।






