शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

पत्रकार सुविद गुरागाइको सत्याग्रहमा पत्रकार महासंघ प्रदेश नम्बर एक र सुनसरी शाखाको ऐक्यबद्धता



13:21 बुधबार ७ , आश्विन २०७७

असोज ७ गते, इटहरी ।
पत्रकार सुविद गुरागाइको सत्याग्रहमा पत्रकार महासंघ प्रदेश नम्बर एक र सुनसरी शाखाले ऐक्बद्धता जनाएका छन । प्रेस विज्ञप्ती जारी गर्दै गुरागाइको सत्याग्रहमा ऐक्बद्धता जनाएका हुन । काठमाण्डौंबाट प्रकाशित नागरिक दैनिकले आफ्नो पारिश्रमिक नदिएपछि गुरगाइ विभिन्न माग राख्दै पाँच दिने सत्याग्रहमा वस्नुभएको हो । असोज ५ गतेबाट वहाँ सत्याग्रहमा वस्नुभएको छ ।
पत्रकार महासंघ प्रदेश नम्बर एकका महासचिव विवेक गौतमद्वारा असोज ७ गते जारी विज्ञप्तीमा भनिएको छ – “कोरोना भाइरसको महामारीको समयमा जोखिम मोलेर आफ्नो भूमिका निर्वाह गरिरहेका पत्रकारहरुलाई सञ्चार गृहहरुले नियमित पारिश्रमिक नदिनु, न्युन पारिश्रमिक दिनु, बेतलबी विदामा राख्नु र कामबाटै निकाल्नु गैरकानूनी र आपत्तीजनक कार्य हो । यसै सन्दर्भमा नेपाल रिपब्लिक मिडिया प्रा.लि.द्वारा प्रकाशित नागरिक दैनिकले नियमित रूपमा पारिश्रमिक नदिएको तथा पूर्वजानकारीविनै जागिरबाट निकालेको विरोधमा प्रदेश नं. १ अन्तर्गत पत्रकार महासंघ सुनसरीका सदस्यसमेत रहनुभएका सुविद गुरागाईको नेतृत्वमा सोमबारदेखि सुरु भएको सत्याग्रह सत्याग्रहप्रति महासंघ प्रदेश समिति ऐक्यबद्धता जाहेर गर्दछ । ”
नागरिक दैनिक तथा अन्य सञ्चारमाध्यमले समेत प्रदेश नम्बर एकका पत्रकारहरुलाई पारिश्रमिक नदिएको प्रति चासो देखाइएको छ । विज्ञप्तीमा भनिएको छ – “ नागरिक मात्र नभएर अन्य ठूला संचार गृहले पनि प्रदेश १ मा कार्यरत पत्रकारहरुलाई नियमित पारिश्रमिक नदिने, दिइरहेको पारिश्रमिक कटौती गर्ने, कामबाट निकाल्ने र वेतलबी विदा दिने कामा गरिहेको गुनासो महासंघमा आएको छ । यस्ता हर्कत तत्काल बन्द गर्न माग गर्दछौं ।”
पत्रकार महासंघ प्रदेश नम्बर एकले जारी गरिएको विज्ञप्तीमा पत्रकारको पारिश्रमिक नदिने सञ्चारमाध्यमको सेवासुविधा रोक्का गर्न सरकारसँग माग गर्दै गुरगाइको सत्याग्रहमा ऐक्बद्धता जाहेर गर्न सबै पत्रकारहरुलाई अनुरोध गरिएको छ ।
यसैगरी पत्रकार महासंघ सुनसरीले पनि पत्रकार गुरगाइको सत्याग्रमा ऐक्यबद्धता जनाएको छ । सुनसरी शाखाका सचिव हिमाल दाहलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ – “सुनसरी शाखाका साधारण सदस्यसमेत रहनुभएका पत्रकार गुरागाईको नेतृत्वमा तीन दिनदेखि सुरु भएको सत्याग्रहप्रति हाम्रो पूर्ण साथ र समर्थन छ । नागरिक दैनिकको कार्यालयमा रहेर तेस्रो पृष्ठ हेर्दै आउनु भएका पत्रकार गुरागाईको माग अविलम्ब पुरा गर्न रिपब्लिक मिडिया प्रालिको व्यवस्थापन पक्षसँग जिल्ला शाखा माग गर्दछ ।  साथै, नागरिक दैनिकमा कार्यरत अन्य सम्पूर्ण श्रमजीवी पत्रकारको श्रमको समस्या तत्काल समाधान गर्न पनि जिल्ला शाखा जोडदार माग गर्दछ ।”
यसअघिपनि गुरागाइको सत्याग्रहमा विभिन्स संघसस्था र पत्रकाहरुले सत्याग्रह स्थलमै पुगि ऐक्यबद्धता जाहेर गरिसकेका छन् ।


 

Featured News

Advertisement