कृषि मन्त्रालयलाई स्थानियकरण गर्न शुरु गरेको छु, मल अब नेपालमै उत्पादन गरिने : मन्त्री भुषाल
असोज ८ गते, इटहरी ।
कृषि मन्त्रालयलाई परम्परागत रुपमा सञ्चालन गर्दा त्यसले प्रतिफल दिन नसक्ने कृषि तथा पशुपंक्षी विकास मन्त्रि घनश्याम भूषालले धारणा राख्नुभएको छ । आज इटहरीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्रि भूषालले यसका लागि आफूले मन्त्रालयलाई स्थानियकरण गर्न शुरु गरेको समेत जानकारी गराउँनुभयो । संघिय मन्त्रालयले खर्च गर्ने गरेको सबै बजेट स्थानिय तहलाई नै वितरण गरिएको र अब स्थानिय तहले नै काम गर्नु पर्नेमा वहाँले जोड दिनुभयो ।
तरकारीको मूल्यवृद्धिको सम्बन्धमा उठेको प्रश्नमा मन्त्रि भूषालले भन्नुभयो – “तरकारीको मूल्य हेर्ने जिम्मा स्थानिय तहको हो । अनिमात्र प्रदेश सरकार र संघिय सरकारले हेर्ने हो ।”
पार्टी र जनप्रतिनिधिहरुको सहकार्य र योजनामा मात्र काम गर्न पनि मन्त्रिले पार्टीका स्थानिय नेतृत्व तथा जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभयो ।
अहिले अभाव भएको मलको बिषयमा पनि कार्यकर्ताहरुले प्रश्न गरेका थिए । मलको अभाव कम गर्न आफूले पहल गरेको र अर्थ मन्त्रालयले पनि सहयोग राम्रो गरेको तर शुरुमा कोरोना माहामारीले समस्या सृजना गरेको पछि ठेकेदारले धोका दिएको बताउँनुभयो । मल आयत र वितरणलाई आफूले व्यवस्थित गर्ने बताउँनुभयो । अबदेखि बार्षिक नभइ महिनैपच्छिे आयत गर्ने र वितरण पनि सिधै स्थानिय तहमार्फत गर्ने योजना रहेको जानकारी दिनुभयो । वितरणको विवरण हेर्न अनलाई डाटा एन्ट्री सिस्टमको विकास गरिसकेको पनि बताउँनुभयो । मल आयत भएपछि सिधै स्थानिय तहमार्फत उसैले तोकेका सहकारी वा संस्थाबाट गरिने योजना निमार्ण भइसकेको छ मन्त्रीले भन्नुभयो । साथै रासायनिक मलको दिगो समाधानको लागि आफ्नै देशमा उधोग स्थापना गर्न सम्भाव्यता अध्यन गर्न कृषि सचिवको संयोजकत्वमा सम्भाव्य अध्यन समिति गठन गरिसकिएको मन्त्रि भूषालले जानकारी गराउँनुभएको थियो ।
अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै मन्त्रि भूषालले भन्नुभयो – “पार्टीभित्र राष्ट्रिय पुँजी र दलाल पुँजीको बिषयमा गम्भिर छलफल नभएकाले समस्या रहेको छ । अब टोल कमिटिदेखि नै राष्ट्रिय पुँजीको विकास गर्न नेकपाका कार्यकर्ता तथा नेताहरु लाग्नुपर्छ ।”
नेकपाको यो कार्यकाल रहदै कम्मर कसेर लागे कृषि क्षेत्रमा कायापलट गर्न सकिने र यसका लागि ८ लाख पार्टी सदस्यहरुलाई परिचालन गर्न सकिने महत्वकांक्षा पनि राख्नुभयो ।
नेकपा सुनसरी जिल्ला कमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सुनसरीका जिल्ला स्तरका नेता, स्थानिय तहका जनप्रतिनिध, प्रदेश सांसद, प्रदेश तथा केन्द्रिय कमिटिका सदस्यहरु र बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।
सुनसरी जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव रमेश वस्नेतले गर्नुभएको थियो ।






