शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

मन्त्रिपरिषदको पूनर्गठन हुने, मानसिक रुपमा तयार हुन मन्त्रिहरुलाई प्रधानमन्त्रिको अनुरोध



03:17 शनिबार १० , आश्विन २०७७

असोज १० गते, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी गराउँनुभएको छ । हिजो साँझ वसेको मन्त्रिपरिषदको बैंठकमा यस्तो जानकारी गराउँनुभएको हो । प्रधानमन्त्रिले मानसिक रुपमा तयार हुन सबै मन्त्रिहरुलाई अनुरोध गर्नुभएको छ । 
पार्टीको निर्णय अनुसार मन्त्रिपरिषद पूर्नगठन हुन लागेको हो । बैठकमा ओलीले मन्त्रिपरिषद् पुनर्गठनमा विलम्ब नगर्ने प्रस्ट सन्देश दिएको एक मन्त्रीले बताए । शुक्रबार साँझ ५ बजेबाट साढे तीन घन्टा मन्त्रिपरिषद् बैठक बसेको थियो ।
‘पार्टीभित्रको पछिल्लो छलफल र कुराकानीबारे तपाईंहरू पनि जानकार नै हुनुहुन्छ । अब केही–केही साथी बस्नुपर्ने वा टिममै रहनुपर्ने, कतिपय साथी छुट्टिनुपर्ने पनि हुन सक्ने भएकाले कतिपयलाई क्याबिनेटको यो भेटघाट र बैठक अन्तिम पनि हुन सक्छ । त्यसलाई तपाईंहरूले अन्यथा हिसाबले होइन, सहजीकरणका रूपमा लिनुहुनेछ भन्ने लागेको छ । यसको अर्थ तपाईंहरूले काम गर्नुभएन या असफल हुनुभयो भन्ने होइन र यसरी बुझ्नुभएन । तपाईंहरू असफल हुनुभयो भन्ने हिसाबले त्यसो गर्न लागिएको होइन भन्ने बुझ्नु नै हुनेछ भन्ने लागेको छ,’ बैठकमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले जानकारी दिए । 
शुक्रबार मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग साढे तीन घन्टा लगातार छलफल गर्नुभएको थियो । शुक्रबार पनि वहाँहरूबीच करिब साढे तीन घन्टा मन्त्रिपरिषद् पुनर्गठन र विश्वविद्यालयमा रिक्त उपकुलपतिहरू नियुक्तिबारे छलफल भएको छ । 
नेकपाका अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत शुक्रबार टेलिफोन गरेर प्रधानमन्त्री ओलीसँगको पछिल्लो समझदारीबारे जानकारी गराउनुभएको उहाँनिकट एक स्थायी समिति सदस्यले बताए । 
पार्टीभित्रको विवाद समाधान गर्दै २६ भदौमा सम्पन्न स्थायी कमिटी बैठकले सरकारको काम कोभिड–१९ नियन्त्रण, चुनावी घोषणापत्र र सार्वजनिक प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित गर्नका लागि मन्त्रिपरिषद् पुनर्गठनको आवश्यकता औँल्याएर प्रस्ताव पारित गरेको थियो । 
शक्ति सन्तुनलनका हिसाबले सबै पक्षका नेताहरुलाई समेटेर मन्त्रीपरिषदको पूर्नगठन हुने प्रधानमन्त्रि श्रोतले जानकारी दिएको छ ।
 

Featured News

Advertisement