काङ्ग्रेसका कारण सुनसरीको दक्षिणवर्ती क्षेत्र विकासमा पछि पर्यो : नेकपाका नेता भिम आचार्य
असोज १० गते, इनरुवा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ं का स्थायी कमिटि सदस्य भिम आचार्यले नेपाली काग्रेसले सुनसरीको नेपाल भारत सिमाक्षेत्रमा कहिल्यै विकासका योजनाहरु ल्याउने कार्य नगर्दा दक्षिणवर्ती क्षेत्र विकासमा पछि परेको बताउनुभएको छ ।
शनिवार सुनसरीको भोक्राहा–नरसिह गाँउपालिका आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता आचार्यले भारतिय सिमाक्षेत्रसँगै सुनसरी खोलाको पश्चिम किनारमा जोडिएको नरसिहमा पञ्चायतकाल पछिको बाँकी समयमा नेपाली काग्रेसले स्थानिय शाशनको नेतृत्व गरेपनि यहाँको विकास कहिल्यै नभएको दावी गर्नुभयो ।
स्थायी कमिटि सदस्य आचार्यले सत्ताको नेतृत्वमा रहेको काग्रेसले सधै नरसिंहमा विभेद गरि दुर्गम क्षेत्रका रुपमा यस भेगलाई पछि पार्दै आएकाले काग्रेसका पछि कुदेका नरसिहका स्थानियहरुले विकास निमार्ण लगायतका सवालमा सुनसरीवासी भएको अनुभुति गर्न नेकपाका गोलवन्द हुन आग्रह गर्नुभयो ।
नेपाली काग्रेस सुनसरी क्षेत्र नं ४ का सहसचिव सहित १ सय ७५ जना बढी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन ।
सुनसरीको भोक्राहा–नरसिह गाँउपालिका ७ कालिथानमा शनिवार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा क्षेत्रिय सहसचिव बस्नेत मण्डल, क्रियाशिल सदस्यहरु विजय मण्डल, उपेन्द्र मण्डल, गुरुदेव मण्डल, चन्द्र मण्डलसहितका काग्रेसका नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन ।
प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका प्रदेश एकका सदस्य पोष्टकुमार नेपाल, किरणकुमार कार्की, जिल्ला अध्यक्ष योगेन्द्र मण्डल, सचिवालय सदस्य पर्शुराम यादव लगायतका नेता कार्यकर्ताहरुले बोल्नुभएको थियो ।
नेकपा भोक्राहा नरसिहका नेता हेमनारायण मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा सुरेन्द्र यादव, शिवकुमार यादव, चन्दन यादव, सत्यनारायण यादव लगायतका नवप्रवेशीहरु सगै स्थानियहरुले नरसिह क्षेत्रको विकासका लागी नेकपाका नेताहरुलाई साथ दिन माग गर्नुभएको छ ।






