राष्ट्रिय रामधुनी क्लबको लागुऔषध विरुद्धको अभिमुखीकरण कार्यक्रम सम्पन्न
असोज १० गते, झुम्का ।
राष्ट्रिय रामधुनी क्लबले सुनसरीको झुम्कामा लागुऔषधविरुद्धको सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार झुम्काको कल्पबृक्ष पार्टी प्यालेसमा भएको कार्यक्रममा रामधुनीका नगरपालिकाका विधार्थी तथा युवाहरुलाई सहभागी गराइएको थियो ।
लगुऔषध प्रयोगको लतबाट युवाहरुलाई बचाउँन यो कार्यक्रम गरिएको क्लबका अध्यक्ष खेमराज पौडेलले जानकारी दिनुभयो । यो सुरुवात मात्र भएको यस्ता कार्यक्रम निरन्तर गर्दै जाने आध्यक्ष पौडेलले प्रतिबद्धता जनाउँनुभयो ।
रामधुनी नगरपालिका वार्ड नम्बर ५ वडा कार्यालयको आर्थिक सहयोग र रक्षा फाउण्डेसनको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको क्लबका सचिव मनिष काफ्लेले जानकारी दिनुभयो । युवाहरुको रचनात्मक कामलाई वडा कार्यालयले सधै सकेसम्म सहयोग गर्ने वडा अध्यक्ष डेगराज फूयालले बताउँनुभयो ।






