कोरोनाको कारण सुनसरीका दुइजनाको मृत्यु
14:00
बुधबार
१४ ,
आश्विन
२०७७
NepalBit
817
असोज १४ गते, इटहरी ।
विराटनगरस्थित कोसी अस्पतालमा इटहरीका एक कोरोना संक्रमितको आज बुधवार मृत्यु भएको छ । इटहरी उप–महानगरपालिका–५ का ७३ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनलाई बुधबार नै अस्पतालमा भर्ना गरिएको थियो । कोरोना पुष्टि भएपछि श्वासप्रश्वासमा समस्या बढेपछि वृद्धलाई उपचारका लागि बिहान ११ बजेतिर कोभिड अस्पताल लगिएको थियो ।
कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसिन डा. दीपक सिग्देलका अनुसार वृद्धको मृत्यु बुधबार १२ः३५ बजे भएको हो ।
यसैगरी बुधबार बिहान नोबेल शिक्षण अस्पतालमा उपचाररत सुनसरीको हरिनगर–२ का ५० वर्षीय पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको छ ।






