शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

शेयर बजारमा आकर्षण वढ्दो, जनरल इन्स्योरेन्सको आइपिओमा ८ लाखभन्दा वढीको आवेदन



03:09 बिहीबार १५ , आश्विन २०७७

असोज १५ गते, इटहरी ।

जनरल इन्स्योरेन्स कम्पनीको आइपिओमा ८ लाख १३ हजार ६ सय ३२ जनाले आवेदन दिएका छन् । अहिलेसम्मकै सबैभन्दा धेरै शेयर आवेदन परेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि) ले जनाएको छ । यो माग भन्दा करिब आठ गुणा बढी हो । 
यस अघि रिलायन्स लाइफ इन्स्योरेन्समा ६ लाख १४ हजारको आवेदन परेको थियो ।
मेरो शेयरमार्फत ६ लाख ३३ हजार ४५ ले आवेदन दिएका छन् भने एक लाख ७६ हजार ५६ ले बैंक वित्तीय संस्थामै गएर आवेदन दिएका हुन् । अनलाइन आवेदक ७२.१८ प्रतिशत छन् ।
जनरलले असोज ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको हो । जसअनुसार कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४५ सेयर कर्मचारीले छुट्याएको थियो । यस्तै, १ लाख ५० हजार कित्ता अर्थात् ५५ म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
 

Featured News

Advertisement