शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

कोरोनाको कारण इटहरीका होटल व्यवसायीको मृत्यु



03:26 बिहीबार १५ , आश्विन २०७७

असोज १५ गते, इटहरी ।

कोरोना संक्रमणबाट इटहरीका होटल व्यवसायी शिव पराजुलीको गएराती मृत्यु भएको छ । पराजुली होटलका सञ्चालक शिवलाई उपचारका लागि विराटनगर लगिएको थियो । विराटनगरमा उपचार सम्भव नभएपछि बुधबार राती नै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो ।
पराजुलीलाई आइसियूमा राखिएको थियो ।
पराजुली व्यवसाय सँगै राजनीतिमा पनि उतिकै सक्रिय रहदै आउनुभएको थियो । नेकपाको संगठित सदस्य हुनुहुन्थ्यो । वहाँको मृत्युमा नेकपा इटहरीका नेताहरुले दुख व्यक्त गरेका छन् ।
बुधबार इटहरीका अर्का एक व्यक्तिको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । इटहरीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।
हिजोसम्म इटहरीमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।
 

Featured News

Advertisement